सुदूरपश्चिममा ६१८ जना सक्रिय संक्रमित, ४२०२ जना कोरोना संक्रमित डिस्चार्ज
2020/08/16, 7:54
 
corona

सुदूरपश्चिममा एक्टिभ केस ६ सय १८ रहेका छन । सुदूरपश्चिममा अहिलेसम्म कोरोना संक्रमितको संख्या ४ हजार ९ सय ९४ जनामा कोरोना पुष्टि भएकोमा त्यसमा ६ सय १८ जना सक्रिय संक्रमित रहेका हुन् । स्वास्थ्य निर्देशनालयका अनुसार सबैभन्दा बढि कैलालीमा एक हजार दुई सय ९८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । डोटीमा सात सय ९५, अछाममा सात सय ३७, बाजुरामा ६ सय २३ र कञ्चनपुरमा ५ सय ८४ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै डडेल्धुराका तीन सय १३, बैतडीका तीन सय एक, बझाङका दुई सय ९८ र दार्चुलाका ४५ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै सुदूरपश्चिमका विभिन्न अस्पताल र स्थानीय तहमा बनाईएका आईसोलेसनबाट थप ४५ कोरोना संक्रमित डिस्चार्ज भएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले कोरोना मुक्त भएर थप ४५ जनालाई डिस्चार्ज गरिएको जानकारी दिए ।

उनीहरु सबैलाई अछामबाट डिस्चार्ज गरिएको उनले बताए । योसंगै सुदूरपश्चिममा कोरोना संक्रमण मुक्त भएर घर फर्किनेको संख्या चार हजार दुई सय दुई  पुगेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढि कैलालीका एक हजार एक सय ६६, अछामका ७  सय १२, डोटीका पाँच सय ७५, कञ्चनपुरका पाँच सय ७७, बैतडीका तीन सय १८ र डडेल्धुराका दुई सय ९९ जनालाई डिस्चार्ज गरिएको छ । बाजुराबाट चार सय ३५, बझाङबाट एक सय सात र दार्चुलाबाट १३ जना संक्रमितलाई डिस्चार्ज गरिएको छ । संक्रमण पुष्टि भएका १२ जनाको मृत्यु भएको छ ।