अत्तरिया-मोहनापुल ६ लेन सडकमा एक बर्षमा ४ जनाले ज्यान गुमाए, १० घाईते
2020/08/16, 1:44
 
accidnet

सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको अत्तरिया देखी त्रिनगर भन्सार स्थित मोहनापुल सम्मको सडकमा दुर्घटनाको जोखिम बढेको छ । २ लेन वाट ६ लेनमा निर्माणाधिन अबस्थामा रहेको उक्त सडक निर्माणको काम समयमै सम्पन्न हुन नसक्दा दुर्घटनाको जोखिम निकै बढेको हो ।

निर्माणाधिन अत्तरिया–मोहनापुल ६ लेन सडकमा एक बर्षको अबधिमा १० वटा सवारी साधनहरु दुर्घटनामा परेका छन् । जसमा ४ जनाले अकालमै ज्यान गुमाएका छन् भने १० जना घाईते भएका छन् ।

उक्त सडकमा गत आर्थिक बर्षमा ७ वटा सवारी दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ भने ७ जना घाईते भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । यस्तै चालु आर्थिक बर्षको साउन महिनामा मात्रै ३ वटा सवारी दुर्घटना हुदाँ १ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएको ट्राफिक प्रहरीको तथ्याङमा उल्लेख गरिएको छ ।