साउन १४ गते आएको बाढीका कारण विस्थापित भएका भजनीवासीले बाढी नआउने स्थान र सुरक्षित भएको भन्दै स्थानीय सामुदायिक वनको क्षेत्रमा त्रिपाल टाँगेर जमिन कब्जा गरेका छन् । स्थानीयले भजनी–१ म रहेको महुन्याल सामुदायिक वन समितिको क्षत्र तथा भजनी–४ मा रहेको वनदेवी सामुदायिक वन समितिको क्षेत्रमा १ हजार १५० टहरा निर्माण गरेका छन् ।
डुवानमा पर्ने भजनी वडा नम्बर ३, ५, ८ र ९ का करिव एक हजार दुई सय घरधुरीले टहरा निर्माण गर्दै सो क्षत्रलाई बसोवास गर्न दिइनु पर्ने माग राखेका छन् । यसै गरी भजनी वडा नम्बर ९ वासीले पनि ९ ओखरपुर खुरखुरीयामा ३ वटा टहरा निर्माण गरेका स्थानीयले जनाएका छन् । बढीका कारण हाल सम्म पनि घरमा बस्न योग्य नभइपछि पानी नलाग्ने स्थानमा त्रिपाल टागेर बस्न सुरु गरिएको भजनी–३ का दिपक जोशीले बताए । उनले भने–‘कित सरकारले हामीलाई सुरक्षित स्थानमा बस्ने व्यवस्था गर्नुपर्दछ, हैन भने हामी वनको क्षत्रमै स्थाई वासस्थान बनाएर बस्नेछौं ।’
भजनी वडा नम्बर–५ का भानुभक्त बुढाले कसैले हटाएर नहट्ने बताए । ‘बर्षौ देखी सुरक्षित वासस्थानका लागि पहल गर्दा हामीहरुको कुरा कसैले सुनेन’ उनले भने–‘अव हामी आफ्नो व्यवस्था आफै गछौं, सरकार हामीलाई चाहिदैन ।’ साउन १४ गते आएको बाढीले अझै पनि घर डुवेको भन्दै भजनी ५ लाल्बोझीकी अस्मीता चौधले सधै भरी जोखिम मोलेर डुवान हुने स्थानमा बस्न नसकिने बताइन् । ‘कान्द्र नदीले जमिन कटान गर्दै जाँदा पुरानो घरमा बस्ने वातावरण नै छैन’ उनले भनिन्–‘सरकारले व्यवस्था गरिदेला भनेर कर्नथाल्यौं भने मरिने डर छ, त्यसैले जंगलमा टहरा निर्माण गरी बस्न सुरु गरेका हौं ।’