कैलालीमा चोरीको काठ सहित २ जना परेका छन् । वडा नम्बर ५ बाट २ सय ६५ थान झ्यालको पल्ला, थान २ थान तयारी ढोका तथा ४ थान झ्यालको फ्रेम, वडा नम्बर ११ बाट ३ गोलिया सालको काठ र वडा नम्बर ९ बाट सिसमको ८१ थान कडी, ९१ थान फ्रेम, १६ थानको सालको कडी र २२ थान फ्रेम बरामद गरिएको प्रहरीले जनाएको हो।
आइतबार धनगढी उपमहानगरपालिका ११ बेला तयारी काठ सहित नन्दलाल रानालाई पक्राउ गरेको जनाएको छ। चौधरीले से २ प १५२५ नम्बरको मोटरसाइकलमा १४ थान झ्यालको पल्ला लगिरहेको अवस्थामा घरमा समेत तलासी गर्दा थप काठ फेला परेको प्रहरी प्रवक्ता डिएसपी ज्ञान बहादुर विष्टले बताए।
वडा नम्बर ११ बेला बस्ने ३६ वर्षीय मुन्ना चौधरीले गोदावरी न.पा. ९ स्थित भित्री सडक खण्डमा राँगा डल्लवमा ३ गोलिया साल जातको काठ बोकी सिद्धार्थ फर्निचर उद्योगमा लगी रहेको अवस्थामा फेलापारि काठ,राँगा, डल्लव सहित उनलाई पक्राउ गरिएको डिएसपी विष्टले बताए। त्यस्तै गोदावरी नगरपालिका वडा नम्बर ९ स्थित सिद्धार्थ फर्निचर उद्योगका सञ्चालक जगतराम चौधरीको घर कोठामा लुकाई छिपाई राखेको अवस्थामा सिसमको विभिन्न साईजको कडी थान ८१, सिसमकै विभिन्न साईजको फ्रेम थान ९१ र सालको विभिन्न जातको कडी थान १६ र सालकै फ्रेम थान २२ बरामद गरिएको उनले बताए।
बरामद गरिएको काठ र पक्राउ परेका व्यक्तिलाई आवश्यक कारबाहीका लागी डिभिजन वन कार्यालय कैलालीमा बुझाइएको उनले बताए।