धनगढीमा कोरोना संक्रमितको संख्या १४४ पुग्यो
2020/08/17, 8:37
 
dhangadhi

धनगढीका थप तीन जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा धनगढीका तीन जनामा संक्रमण पुष्टि भएको हो।  अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार १९, ३८  बर्षीय दुई पुरुष र ६१ वर्षीय महिलामा कोरोना देखिएको हो।

धनगढी उप–महानगरपालिकाका अनुसार संक्रमण पुष्टि भएका एक जना वडा नम्बर ३ र अर्का वडा नम्बर ११ का हुन्। तर तेस्रो संक्रमितको ठेगना पत्ता लगाउन नसकिएको बताईएको छ।  उप–महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले आईतबार थपिएका मध्ये दुई जनाको मात्र ठेगना खुलेको बताए।

उनले ६१ वर्षीया महिला वडा नम्बर ३ र ३८ वर्षीय पुरुष कनरीमा रहेको आईसोलेसनमा बसिरहेका व्यक्ति हुन्। उनमा दोस्रो पटक परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो। योसंगै धनगढीमा कोरोना संक्रमितको संख्या एक सय ४४ पुगेको छ भने आईतबार १० जना डिस्चार्ज भएका छन्।