
धनगढी उप–महानगरपालिका वडा नम्वर ३ को कार्यालय बन्द गर्ने निर्णय भएको छ। कोरोना जोखिम न्यूनीकरणका लागि वडा कार्य समितिको बैठकले १० गते सम्मका लागि वडा कार्यालय बन्द गर्ने निर्णय गरेको हो।

समुदायस्तरमा संक्रमण फैलिन लागेको र चाडपर्व पनि नजिकै आईरहेकाले जोखिम झनै बढेको हुँदा वडा कार्यालय बन्द गर्ने निर्णय गरेको वडाध्यक्ष बलवहादुर ऐरले बताए।
उनका अनुसार वडामा व्यापार व्यवसाय भने सामाजिक दूरी कायम गरेर सञ्चालन गर्न दिईने छ भने अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गरिएको छ।

धनगढी उप–महानगरपलिका वडा नम्वर ३ मा अहिलेसम्म ५ जनामा संक्रमण पुष्टि भएको छ भने ट्राभल हिस्ट्री नभएका व्यक्तिमा समेत कोरोना देखिएको छ।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/12/10, 9:15
2021/05/05, 9:33
2021/11/27, 9:26