
गृहमन्त्री रामबहादुर थापा बादलसहितको टोली बाजुरा पुगेको छ । लगातारको वर्षका कारण बाजुराका बाढी प्रभावित क्षेत्रको अनुगमनको लागि गृहमन्त्री थापा सहितको टोली बाजुरा पुगेको हो ।

टोलीमा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाह पनि रहेका छन् । साउन २५ गते राति बुढीगंगा नदीमा आएको बाढीले बडिमालिका नगरपालिका, गौमुल गाउँपालिका र बुढीगंगा नगरपालिकाका नदी छेउका बासिन्दाका घरविहीन भएका छन् ।
उनीहरुको अवस्था बुझ्न र राहत उपलब्ध गराउन गृहमन्त्री थापा सहितको टोली बाजुरा पुगेको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्ले जानकारी दिए । गृहमन्त्री सहितको टोली साउन २६ गते बाजुरा आउने कार्यक्रम रहे पनि मौसम खराबी हुँदा आउन सकेका थिएनन् ।

मङ्गलबार काठमाडौंबाट जहाजमार्फत सुर्खेत र त्यहाँबाट हेलिकप्टर मार्फत बाजुरा पुगेका हुन् ।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/12/10, 9:15
2021/05/05, 9:33
2021/11/27, 9:26