अपडेटः अछाममा बाढीले बस्ती बगायो, ६ जनाको शव भेटियो, १५ जना बेपत्ता
2020/08/19, 10:28

अछामको रामारोशन गाउँपालिकाका कैलाशखोलाले बगाएका वेपत्तामध्ये ६ जनाको शव भेटिएको छ। गएराति परेको अबिरल बर्षापछि आएको बाढिले रामारोशन गाउँपालिका वडा नम्बर ५ सैनिबजारबाट वेपत्ता भएका मध्ये ६ जनाको शव फेला परेको हो।

४ जनाको शव बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नामा पर्ने कोसेडा क्षेत्रमा भेटिएको स्थानिय देबेन्द्र थापाले बताए। यस्तै २ जनाको शव मंगलसेन नगरपालिका वडा नम्बर ३ मा पर्ने लमतणा र सेरीमा भेटिएको स्थानिय प्रकाश कुवँरले बताए।
जनप्रतिनीधी, प्रहरी प्रशासन, स्थानियले उद्धार जारी राखेका छन्। अझै १५ जना वेपत्ता रहेका छन्। जिल्ला सदरमुकामबाट झण्डै ७ घण्टा पैदल हिडेर लाग्ने भएकाले उद्धारका लागि पहल भईरहेको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले बताए।

2025/04/13, 5:16
2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/21, 2:51
2021/05/18, 10:06
2021/12/21, 1:18
2023/01/01, 7:01