
अछामको रामारोशन गाउँपालिकास्थित कैलाश खोलाको बाढीले बगाएका १७ जनाको परिचय खुलेको छ। मंगलबार रातिको बाढीले रामारोशन गाउँपालिका ५ सैनिबजारबाट बगाएका १७ जनाको परिचय खुलेको हो ।

बाढीमा परेर बेपत्ता भएका १७ मध्ये ६ जनाको शव भेटिएको छ। शवको पहिचान हुन नसकेको गाउँपालिका अध्यक्ष झंकरबहादुर साउदले बताए। बाढीले नदी किनारका १६ वटा घर बगाएको छ। बाढीले पसलहरु समेत बगाएकाले क्षतिको सबै विवरण आइनसकेको प्रहरीले जनाएको छ।
बाढीमा बेपत्ताहरू
१. चन्द्र बहादुर साउद २. वसुन्धरा साउद ३. नन्द सिंह साउद ४. गंगा साउद ५. रुपेश साउद ६. जोगा साउद ७. नवीन साउद ८. कविता बुढा साउद ९. अमर ब शाह १०. पवित्रा शाह ११. समिर शाह १२. लालसरा शाही १३. बसन्त शाही १४. गौरी शाह १५. सम्झना शाह १६. प्राप्ति साउद १७. बिमा साउद

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/12/10, 9:15
2021/05/05, 9:33
2021/11/27, 9:26
2022/07/03, 6:19