
बिहिवार धनगढी उप–महानगरपालिकाका २७ जनामा कोरोना पुष्टि भएको छ। उप–महानगरपालिकाले संकलन गरेका दुई सय ६ जनाको स्वाब संकलन गरिएकोमा २७ जनामा संक्रमण पुष्टि भएको हो।

उनीहरुको स्वाब सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा परीक्षण भएको उप–महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मीराज उपाध्यायले बताए।
उनका अनुसार वडा नम्वर ११ एक जना, १२ का ११ जना, १३ का दुई जना, १४ का ५ जना, १८ का ६ जना र वडा नम्वर १९ का दुई जनामा संक्रमण पुष्टि भएको छ।

संक्रमण पुष्टि भएका अधिकासं भारतबाट फर्किएका नागरिक हुन्। योसंगै धनगढी उप–महानगरपालिकामा संक्रमितको संख्या एक सय ७१ पुगेको छ।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/12/10, 9:15
2021/05/05, 9:33
2021/11/27, 9:26