
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले हिन्दु नारीहरूको महान् पर्व तीजले आपसी एकता र सद्भाव कायम होस् भन्ने कामना गरेका छन् । तीज पर्वको अवसरमा आज शुभकामना सन्देश दिँदै मुख्यमन्त्री भट्टले महिलाहरूको हक अधिकारको प्राप्ति र त्यसको सही अभ्यास हुन नसकेको जिकिर गरेका छन् ।

नेपालको सबै खाले आन्दोलनमा महिलाहरूले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै प्राप्त उपलब्धि प्रति गर्व गर्न तिज पर्वले प्रेरणा प्रदान गरोस् भन्दै कामना व्यक्त गरेका छन् ।
उनले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्य सम्बन्धी नियमको पालना गर्दै तीज पर्व मनाउन सबैलाई आग्रह पनि गरेका हुन् ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/12/01, 12:17
2020/07/27, 3:44
2020/12/21, 4:12