लाईन्स क्लवद्धारा अपाङ्गता भएकाहरुलाई स्वास्थ्य समाग्री सहयोग
2020/05/19, 7:34
 
lion

लाईन्स क्लव अफ महेन्द्रनगर र धनगढीले अपाङ्गता भएका व्यक्तीहरुका लागि स्वास्थ्य सामग्री सहयोग गरेका छन । अपाङ्गता भएका व्यक्तीलाई कोरोना संक्रमणको जोखिमबाट बचाउन राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिम प्रदेश सँगको समन्वयमा क्लवले कैलालीका १३ र कन्चनपुरका १३ जना गरी २६ जनाका लागि स्वास्थ्य सामग्री सहयोग गरेको हो । लाईन्स क्लवले सेनिटाईजर, मास्क, ग्लोब, युरिन थैली लगायतका अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको थियो ।

कन्चनपुरका लागि वितरण गरिएको स्वास्थ्य सामग्री सोमबार डिष्टिक ३२५ डी २ का एरिया प्रमुख गणेश बोहराको रहोवरमा अपाङ्ग महासंघ सुदूरपश्चिमका अध्यक्ष उपेन्द्र खडायतले भीमदत्त नगरपालिकाकी उपप्रमुख सुशील चन्द (सिह) लाई हस्तान्तरण गरेका थिए ।

यता कैलालीका १३ जना अपाङ्गता भएका व्यक्तीका लागि स्वास्थ्य सामग्री प्राप्त भएको राष्ट्रिय अपाङ्ग महासंघ नेपालका पूर्व केन्द्रिय सदस्य मानबहादुर साउँदले बताए । उनले कैलालीको गोदावरी नगरपालिकाका ७, गौरीगंगा नगरपालिकाका १ र धनगढी उपमहानगरपालिकाका ५ जनाका लागि लाईन्स क्लवद्धारा स्वास्थ्य सामग्री प्राप्त भएको जानकारी दिए ।