तीन सातासम्म घर फर्किन पाएनन् बाढी पीडित
2020/08/23, 2:00
 
badi

बाढीले विस्थापित भएको तीन सातासम्म पनि भजनी बासी पुनर्स्थापित हुन सकेका छैनन् । उनीहरू साउन १४ गतेको बाढीले विस्थापित भएका पाँच सयभन्दा बढी बाढीपीडित परिवार यति बेला मोहन्याल सामुदायिक वनको ऐलानी जग्गामा बसिरहेका छन् । सरकारले चासो नदिँदा अझै घर फर्कने अवस्था नरहेको वडा नम्बर ३ का स्थानीय रमेश जैशीले बताए । ‘बाढीले घर नै डुबाएपछि मुस्किलले ज्यान जोगाएर हामी,जङ्गलमा त्रिपाल हालेर बसिरहेका छौ । पानी अझै घटिसकेको छैन । यस्तो अवस्थामा कसरी घर जान सक्छौ ।,’उनले भने ।

‘भजनी नगरपालिकाले कुनै चासो दिएको छैन,हामी सामुदायिक बनमा बसेका छौ यहाँ कुनै बस्था छैन, छाक टार्न नै समस्या भइसकेको छ । उनले थपे,हाम्रो लागी सामान्य खानेपानीको पनि व्यवस्था छैन । मेयर,उपमेयर लगायतका जनप्रतिनिधीहरुले बेवास्ता गरेका छन् ।’ बाढी लगत्तैका आठ दिन हुलाकी सडकमा बिताएपछि सामुदायिक वनछेउको खुला ठाउँमा त्रिपाल टाँगेर उनीहरू बसिरहेका छन् ।  खानेपानी, रासन, शौचालय अभावमा समस्या भोग्नुपरेको भजनी ३ का स्थानीय पूर्णराज जैशीले बताए ।

‘स्थानीय तहले १५ दिनका लागि दिएको रासन,आफन्तसँग लिएको सरसापटले गुजारा चलाइरहेका छौ,उनले भने। रासन दिएको तिन साता बितीसकेको छ । सामान्य राहत सम्म केही पाएका छैनौ ।’ भजनी नगरपालिकाका मेयर शेरबहादुर चौधरीले समस्या समाधानका लागी पहल भइरहेको बताए । ‘तत्कालको मात्र नभई दीर्घकालीन रूपमै समस्या समाधानका लागी योजना बनाउँदै छौ । बिस्थापीतहरुलाइ राहत वितरण भइरहेको छ ।

बाढीले पु¥याएको क्षति विवरण संङ्कलन गर्दै छौ’,उनले भने । साउन १४ गते आएको अविरल वर्षापछिको बाढीले भजनी नगरपालिकाका हजारै घर डुबानमा छन् भने सयौँ परिवार विस्थापित भएका छन्। सडकमा पाल टाँगेर बास बसेका उनीहरू प्रदेश सरकार बाट राहत समेत उपलब्ध नगराइँदा भोक भोकै दिन काट्न बाध्य छन् ।