चालकमा कोरोना संक्रमण पुष्टि भएपछि सुदूरपश्चिम प्रदेश सरकार मुख्यमन्त्री त्रिलोचन भट्ट सहित मुख्यमन्त्री कार्यालयका सबै कर्मचारी सेल्फ आईसोलेसनमा बसेका छन् । मुख्यमन्त्री सहित मुख्यमन्त्री कार्यालयका सबै कर्मचारी सेल्फ आईसोलेसनमा बसेपछि मुख्यमन्त्री कार्यालय नै बन्द गरिएको छ ।
मुख्यमन्त्री आफ्नो निवासमा सेल्फ आईसोलेसनमा छन् । त्यस्तै मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओली सहित मुख्यमन्त्री सचिवलालयका सबै कर्मचारी पनि होम आईसोलेसनमा छन् । प्रमुख सचिव पनि आईसोलेसनमा बसेका छन् । तत्काल मुख्यमन्त्री र सचिवालयका कुनै पनि कर्मचारी मुख्यमन्त्री कार्यालय जाने अवस्था नरहेकोले मुख्यमन्त्रीको सम्पूर्ण कामकाज ठप्प भएको हो । अत्यन्त महत्वपूर्ण निर्णय र पत्राचार नरोकिने पनि अरु सबै काम बन्द गरिएका छन् ।
मुख्यमन्त्री भट्टका चालकमा कोरोना संक्रमण पुष्टि भएपछि मुख्यमन्त्री कार्यालयका सबै कर्मचारी आईसोलेसनमा बसेका हुन् । मुख्यमन्त्री भट्ट डोटीमा पीसीआर मेसिन उदघाटनका गर्न जाँदा चालक संगै थिए । उनी डोटीबाट फर्केपछि पनि कार्यालय भित्रै बसेकोले त्यहाँ कार्यरत सबै कर्मचारी होम क्वारेन्टाईनमा बसेका हुन् ।