माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु, सँगै माछा मार्न गएका चार जना पक्राउ
2020/05/19, 1:08

कैलालीमा माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । आज विहाने जानकी गाउँपालिका वडा नम्वर १ भुर्साका साहानु चौधरीका २१ बर्षीय छोरा प्रकाश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कर्णाली नदीबाट आएको नहरमा माछा मार्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो । करेन्ट लागेर बेहोस भएका उनलाई उपचारका लागि टीकापुर अस्पतालमा लगिएकोमा अस्पतालमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
सोधपुछका लागि मृतकसंगै माछा मार्न गएका स्थानीय २५ बर्षीय हरी चौधरी, २० बर्षीय निराजन चौधरी, २५ बर्षीय देव चौधरी र २२ बर्षीय दिपेश चौधरीलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए।

2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/06/11, 5:47
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/28, 5:25
2021/06/03, 5:22
2022/01/17, 11:43
2023/02/05, 12:33