
कञ्चनपुरको बेलौरी नगरपालिका-१ बैशाखीमा चट्याङ लागेर एक जनाको मृत्यु र दुई जना घाइते भएका छन्। सोमबार राति च्टयाङ लागेर घाइते भएका २२ वर्षीय लोकेन्द्र चन्द गम्भीर घाइते भएका थिए।

उनको कैलालीको निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले जानकारी दिए। उक्त घटनामा २६ वर्षीय सुजन शाही र २० वर्षीय नरेश शाही घाइते भएका छन्।
उनीहरुको पनि निसर्ग अस्पतालमा उपचार भैरहेको छ। घर नजिकैको राधाकृष्ण मन्दिरमा बसेर तीनै जनाले मोबाइल चलाउँदै गर्दा राति करिब ८ः२५ बजे चट्याङ लागेको प्रहरीले बताइएको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/12/10, 9:15
2021/05/05, 9:33
2021/11/27, 9:26