कैलालीमा कोरोना संक्रमित बढेपछि वडा सिल
2020/08/25, 10:57
 
corona

कैलालीमा कोरोना संक्रमित बढेपछि एउटा वडा सिल भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १० लाई सिल गरिएको हो। वडामा कोरोना संक्रमण फैलन नदिन वडा कार्यालयको समन्वयमा मंगलबार बसेको सर्वपक्षीय छलफलबाट भदौ १४ गते सम्मका लागि वडालाई सिल गरिएको वडा अध्यक्ष भिम बहादुर बमले जानकारी दिए।

मंगलबारको सर्वपक्षिय निर्णय अनुसार वडा नम्बर १० मा अन्य वडा तथा टोलबाट हुने आवागमा बन्द गरिएको छ। यसका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी, टोल बिकास समिती तथा स्थानीय युवाहरु परिचालन गरिने बताईएको छ। वडा नम्बर १० बाट स्वाब संकलन गरिएका १ सय १ जना मध्ये करिब करिब ७० जनाको मात्रै रिपोर्ट आएको र बाकीको रिपोर्ट आउने क्रममै रहेको वडाध्यक्ष बमले बताए।