कैलालीको सीमावर्ती पलियामा दुई हजार नेपाली आईपुगे, क्वारेन्टाईनको क्षमता चार सय मात्रै, अधिकांश भोकभोकै (भिडियो सहित)
2020/05/19, 7:41

कैलालीको सीमावर्ती पलियामा दुई हजार नेपाली आईपुगेका छन् । भारतका विभिन्न शहरबाट झण्डै दुई हजार नेपाली कैलालीसँग जोडिएको सीमावर्ती भारतीय बजार पलियामा आईपुगेका हुन् ।

भारतको मुम्बई, दिल्ली, बेग्लोर, गुजरात, राजस्थान लगायतका स्थानबाट झण्डै दुई हजार नेपाली पलिया आईपुगेको पलियाबाट पत्रकार शिशिर शुक्लाले जानकारी दिए । पलियाको क्वारेन्टाईनमा साढे चार सय व्यक्तीलाई मात्र राख्न सक्ने क्षमता छ ।
तर पलियामा क्वारेन्टाईनको क्षमता भन्दा चार गुणा बढी नेपाली पुगिसकेका छन् । अझै नेपाली आउने क्रम तिव्र छ । भारतका विभिन्न स्थानबाट आईपुगेका सयौ नेपालीहरुलाई एक ठाउँमा राखिएकोले संक्रमणको जोखिम बढेको छ । पलियामा अलपत्र परेका नेपालीहरु भोकभोकै छन् । खानेबस्ने र क्वारेन्टाईनको उचित व्यवस्थापन नहँुदा नेपालीहरुको विचल्ली भएको छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/01/02, 1:53
2021/08/11, 3:19
2022/05/21, 2:07
2023/07/21, 11:07