
धनगढीको एकै बैँकका तीन जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीको एक बैंकका तीन जना कर्मचारीमा बुधबार कोरोना पुष्टि भएको हो ।

बुधबार धनगढी प्रयोगशालामा कोरोना पुष्टि भएको १५ जना मध्ये तीन जना एक बैंकका कर्मचारी रहेको धनगढी उप–महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले बताए ।
यस्तै रिलायन्स इन्सोरेन्सका एक जना कर्मचारीमा पनि कोरोना पुष्टि भएको छ । यसअघि धनगढीको ग्लोबल आईएमई बैँक र सानिमा बैँकका कर्मचारीमा कोरोना पुष्टि भएको थियो ।

यो सँगै धनगढीमा ट्राभल हिस्ट्री नभएका संक्रमितको संख्या ४९ पुगेको छ । यस्तै मंगलबार थपिएका मध्ये एक जना अझै सम्पर्कमा आएका छैनन् ।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/17, 10:46
2020/10/21, 8:59
2021/05/17, 4:50
2021/12/20, 8:38
2023/01/01, 1:09