
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नेपाल–भारत सीमा गौरीफन्टा नाकाबाट आवतजावत गर्नेहरुका लागि समय निर्धारण गरेको छ । कोरोना भाइरसको उच्च जोखिम रहेको अवस्थामा सीमा नाकामा व्यवस्थापन गर्न कठिनाइ भएको भन्दै प्रशासनले समय निर्धारण गरेको हो ।
अब सो नाकाबाट नेपाल भित्रिन चाहने नेपाली र भारत जान चाहने भारतीयले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म प्रवेश गर्न सक्नेछन् । तर नाकाबाट भारतीय नागरिकले नेपाल प्रवेश नपाउने र नेपाली नागरिकले भारत जान नपाउने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले जानकारी दिए ।


2025/04/13, 5:16
2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/11, 5:54
2021/01/14, 9:08
2021/08/14, 11:12
2023/08/03, 11:02