
धनगढीमा कृषि विकास बैंकका कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। धनगढीको क्याम्पस चोक शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालमा भएको परीक्षणमा २९ बर्षीय बैंकका कर्मचारीमा संक्रमण पुष्टि भएको हो। उनी धनगढी उप–महानगरपालिका वडा नम्वर ३ मा बस्दै आएका छन्।
शाखा प्रवन्धक चक्रविर भण्डारीले राष्ट्र बैंकको निर्देशन अनुसार आलोपालो प्रणाली लागु भएको र अहिले बैंक बन्द नै रहेको बताउँदै चिकित्सकहरुको सल्लाह अनुसार अन्य कर्मचारीको पनि कोरोना परीक्षण गरिने बताए।

यसअघि कैलालीका विभिन्न बैंकमा कार्यरत नौँ जनामा कोरोना देखिएको थियो।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/17, 10:46
2020/10/21, 8:59
2021/05/17, 4:50
2021/12/20, 8:38
2023/01/01, 1:09