
युवतीको नाममा फेसबुक खोलेर ब्ल्याकमेलिङ गर्ने कैलालीका युवक पक्राउ परेका छन्।

जिल्लाको मोहन्याल गाँउपालिका वडा नम्बर ३ का २७ वर्षीय धनबहादुर शाहीलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको हो। महानगरीय अपराध महाशाखाको टोलीले शाहीलाई पक्राउ गरिएको जनाएको छ।
’अस्मिता श्रेष्ठ’ को नामको नक्कली फेसबुक आईडी खोलेर ब्ल्याकमेलिङ गर्दै आएका शाहीलाई पक्रो गरिएको महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्कीले बताए।

उनले शाहीले सुन्दर युवतीको तस्बिर राखेर केटी बनेर केटाहरुसँग कुरा गर्दै उनीहरुलाई फसाउँदै आएका थिए। उनले गफगाफका क्रममा अश्लिल फोटोहरु मागेर ब्ल्याकमेलिङ गर्ने गरेको खुलेको भएपनि नियन्त्रणमा राखेर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/17, 10:46
2020/10/21, 8:59
2021/05/17, 4:50
2021/12/20, 8:38
2023/01/01, 1:09