
बाजुरामा लुकाएर राखेको ५ थान भरुवा बन्दुकसहित दुईजना पक्राउ परेका छन्। बडिमालिका नगरपालिका–७ रजातोली तल्लो पलानमा लुकाई छिपाई राखेको ५ थान भरुवा बन्दुक सहित दुईजनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा स्थानीय ५५ वर्षीय धनबहादुर विक र ३५ वर्षीय सौरे लुहार छन्। गोप्य सूचनका आधारमा जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूको घरछेउमा लुकाइराखेको अवस्थामा लोड गरेको बन्दुक फेला परेको हो।
प्रहरीले उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/17, 10:46
2020/10/21, 8:59
2021/05/17, 4:50
2021/12/20, 8:38
2023/01/01, 1:09