
कैलाली प्रहरीले जालसाजी मुद्दाका फरार प्रतिवादीलाई झण्डै ६ वर्षपछि पक्राउ गरिएको छ। जिल्लाको जोशीपुर गाउँपालीका वडा नम्बर ३ का ४० वर्षीय शिवप्रसाद डगौरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले सोही ठाउँकी सुन्दरी दासको किर्ते सही छाप गरी नक्कली कागज बनाएर जालसाजी गर्ने डगौरालाई पक्राउ गरिएको बताए। जिल्ला अदालत कैलालीले २०७१ साल पुष ३ गते डगौरालाई एक लाख २८ हजार एक सय २५ रुपैँया जरिवाना सुनाएको थियो।
सोही दिनदेखि फरार उनलाई ईलाका प्रहरी कार्यालय जोशीपुरको टोलीले भदौ १० गते नियन्त्रणमा लिएको थियो। निजलाई जरिवाना असुल उपरका लागी कैलाली जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/17, 10:46
2020/10/21, 8:59
2021/05/17, 4:50
2021/12/20, 8:38
2023/01/01, 1:09