
सन्दीप लामिछानेको दुई विकेट मद्दतमा जमैका तल्लावाजले क्यारेबियन प्रिमियर लिग (सीपीएल)अन्तर्गत आज बिहान भएको खेलमा सेन्ट किट्स एन्ड नेभिस प्याट्रिओट्सलाई ३७ रनले पराजित गरेको छ।

क्विन्स पार्क ओभल ट्रिनिडाडमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको जमैकाले १४७ रनको योगफल तयार पारेको थियो।
निर्धारित २० ओभरमा १४८ रनको विजय लक्ष्यसहित मैदानमा उत्रिएको सेन्ट किट्स एन्ड नेभिस प्याट्रिओट्सले १९.४ ओभरमा सबै विकेट गुमाएर ११० रन मात्र बनाउन सक्यो।

जमैकाका लागि चार ओभर बलिङ गरेका सन्दीपले २७ रन खर्चेर दुई विकेट लिए। योसँगै सन्दीपले जारी प्रतियोगितामा नौ विकेट लिइसकेका छन्।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/04, 12:42
2020/11/14, 6:40
2021/04/28, 3:52
2021/11/14, 1:13
2022/11/10, 5:00