घर फर्किन पलिया पुगेका नेपालीहरु भन्छन्– मुख्यमन्त्री ज्यु एसीमा वस्न थालेपछि स्वयम् तपाईले भोगेको पिडा बिर्सिनु भयो ? (भिडियो सहित)
2020/05/20, 1:16
 
bhatta ji

भारतबाट कैैलालीको सीमानाका पुगेका नेपालीलाई पलिया फर्काएर अलपत्र छोडिएपछि उनीहरुको अवस्था विचल्ली भएको छ ।

स्वदेश फर्किन कैलालीको गौरीफन्टा नाकासम्म पुगेका मजदुरहरुलाई सीमावर्ती भारतीय क्षेत्रमा स्थापना गरिएको क्वारेन्टाईनमा अस्तव्यस्त रुपमा भोक भोकै राखिएको छ । उनीहरुले आफुहरुको विचल्ली हुँदा पनि सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले कुनै पहल नगरेको भन्दै आक्रोस पोखेका छन् । क्वारेन्टाइनमा राखिएका नेपालीहरुको अवस्था दईनिय रहेको त्यहाँ रहेका वैतडीका प्रकाश चन्दले बताए ।

उनले  नेपालीहरुको अवस्था नाजुक रहेको र अलपत्र पारिएको बताए । घर फर्किन पलिया पुगेका चन्दले भने– मुख्यमन्त्री ज्यु एसीमा वस्न थालेपछि स्वयम् तपाईले भोगेको पिडा बिर्सिनु भयो ? हाम्रो पिडा स्वयम तपाईले पनि भोग्नु भएको छ । कृपया हाम्रो उद्धार गरि दिनुहोस् । 

यसअघि पनि  भारतका विभिन्न ठाउँमा अलपत्र परेकाहरु आफ्नो सिमानामा प्रवेश पाउदा जती खुसी थिए त्यो भन्दा धेरै सुदूरपश्चिम प्रदेश सरकार प्रति उनीहरुको आक्रोस थियो । भारतमा रहेका क्वारेन्टाईनबाट लखेटिदै, दिल्ली र लखनाउबाट पैदल हिड्दै ४९ दिनपछि नेपालीहरु कैलालीको त्रिनगर भन्सार नाकाबाट नेपाल प्रवेश पाएपछि उनीहरु खुशी त छदै थिए । तर प्रदेश सरकारका मुख्यमन्त्री मन्त्रीहरुले आफुहरुको अवस्था बुझ्ने प्रयाससम्म नगरेको गुनासो उनीहरुको थियो । भारतमा रोजगारी गर्दा भोग्नुपर्ने यातना पिडा र दुःखको स्वयम मुख्यमन्त्री नै भुक्तभोगी हुँदा पनि सीमासम्म नआएको देख्दा नेपाल प्रवेश गरेकाहरु निराश थिए । 
 

यता सीमा नाकामा नेपा प्रवेश गरेका नेपालीलाई भेट्न नगएका सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोभिड–१९ को संक्रमणबाट नागरिकलाई जोगाउन लकडाउनमा थप कडाइ गरिने बताएका छन । मुख्यमन्त्री भट्टले कोरोनाको सङ्क्रमण फैलिन नदिन सुदूरपश्चिमका सीमा नाकामा थप कडाई गर्नुका साथै नागरिकको आवतजावतमा समेत नियन्त्रण गरिने बताएका हुन् । 

सुदूरपश्चिम प्रदेशले भारतीय सीमामा कडाइ गरेका कारण कोरोना रोकथाममा सहजता भएको बताउँदै मुख्यमन्त्री भट्टले भने, “हामीले भारतीय सीमामा कडाइ गरेका कारण कोरोना भित्रिन सकेको छैन, कोरोना नियन्त्रणमा सबैको सहयोग अनिवार्य रहेको छ।”

फोन संवादकै क्रममा उनले अहिलेको सङ्कट व्यवस्थापनको पहिलो र प्रभावकारी उपाय भनेको बन्दाबन्दी मात्र भएकाले सरकारले नागरिकलाई थप सचेत बनाउँदै लकडाउनलाई कडाइका साथ पालना गर्न लगाइने उल्लेख गरे । मुख्यमन्त्री भट्टले थपे, “लकडाउन भनेको जो जहाँ छ, त्यहीँ बस्ने हो, खान नपाएको खण्डमा सरकारले व्यवस्थापन गर्ने छ, लकडाउनको विकल्प छैन ।”

मानवको पहिलो प्राथमिकता स्वास्थ्य भएकाले पछिल्लो समय फैलिएको सङ्क्रमणको अवस्थालाई हेरेर लकडाउनलाई कडाइ गर्न निर्देशन दिन लागिएको जानकारी गराए । मुख्यमन्त्री भट्टले कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले गरेको बन्दाबन्दीलाई आम नागरिकले सहयोग गर्न र पूर्ण पालना गर्न समेत सबैमा आग्रह गरे ।