डोटी परीक्षणमा सुदूरपश्चिमका ३१ जनामा कोरोना पुष्टि
 
korona

जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिमका थप ३१ जनामा संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा ७७ जनाको कोरोना परीक्षण भएकोमा डोटीका २४ र अछामका सात जना गरी ३१ जनामा संक्रमण पुष्टि भएको हो।

अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठका अनुसार डोटीको सुल्लेखका २१ पुरुष, शिखर नगरपालिका वडा नम्वर १ का दुई पुरुष र केआईसिंह गाउँपालिका वडा नम्वर ४ का एक पुरुषमा संक्रमण पुष्टि भएको हो।

अछामको रामारोशन गाउँपालिकका दुई महिला र दुई पुरुष गरी चार जना, बान्नीगढी जयगढ गाउँपालिकाका दुई पुरुष र वडा नम्वर १ का एक पुरुषमा संक्रमण पुष्टि भएको श्रेष्ठले बताए।

आज नै डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा सुदूरपश्चिमका ५६ जनामा संक्रमण पुष्टि भएको थियो। योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ६ हजार नाघेको छ भने झण्डै पाँच हजार संक्रमण मुक्त भएको दावी गरिएको छ।

संक्रमण पुष्टि भएका १४ जनाको भने मृत्यु भएको छ।