सुदूरपश्चिममा कोरोना कोरोना भयावह हुँदा पनि लापरवाही किन ?
2020/09/02, 1:38
 
editorial

अब कोरोना भयावह भइसकेको छ । भारतबाट फर्किएकाहरुलाई व्यवस्थापन गर्न नसक्दा सुदूरपश्चिममा कोरोना संक्रमित दिन–प्रतिदिन बढ्दै गएका छन् । भारतबाट फर्किएकाहरुलाई क्वारेन्टिनमा नराखी सिधै घर पठाउँदा सुदूरपश्चिममा संक्रमण फैलिरहेको चिकित्सकहरुले चेतावनी दिईसकेका छन् । भारतबाट आउँदा नाकामा कुनै स्वास्थ्य परीक्षण नगरी प्रवेश गराईएको र क्वारेन्टिनमा समेत नराख्दा भयावह बन्ने जोखिम बढेको छ । भारतबाट फर्किएकालाई अनिवार्य रुपमा १४ दिन क्वारेन्टिन राख्नुपर्ने भए पनि पछिल्लो समय त्यसो मापदण्ड पालन नभएकाले संक्रमणको जोखिम बढेको हो । 

भारतबाट फर्किएकाहरुलाई क्वारेन्टिनमा नराखी होम क्वारेन्टिनमा पठाउँदा संक्रमण जताततै फैलिएको छ । भारतबाट आउनेलाई व्यवस्थापन गर्न सकिएन भने संक्रमण भयावह हुन सक्छ । कोरोना परीक्षणको दायरा बढाएर तत्काल कोरोना परीक्षणको दायरा फराकिलो बनाउनु अहिलेको आवश्यकता हो । संक्रमितको सम्पर्क आएकाहरुको तत्काल परीक्षण गरेर संक्रमण थप फैलिनबाट जोगाउनु पर्छ ।

भारतसँग खुला सीमा जोडिएको सुदूरपश्चिम सुरुदेखि नै जोखिममा छ । भारतमा रोजगारीका लागि गएका मानिसहरु स्वदेश फर्किने क्रम रोकिएको छैन । दैनिक एक दुई सय मानिस भारतबाट स्वदेश फर्किरहेका छन । प्रदेशभर झण्डै एक हजार मानिस क्वारेन्टिनमा छन् । भारतबाट आउने नागरिकलाई होम क्वारेन्टिनका नाममा सिधै घरमा पठाउँदा स्थितिले बिकराल रुप लिन थालेको हो । होम क्वारेन्टिनमा बस्ने सर्तमा पठाइएकाहरु गाउँमा खुल्लेयाम घुम्न थालेपछि संक्रमण गाउँ–गाउँमा पुगेको छ । 

सुरुमा सिमा नाकामा सामान्य ज्वरो परीक्षण गरेर मात्रै नेपाल प्रवेश गराईन्थ्यो । त्यसपछि पनि नाकाबाटै सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा राखेर कोरोना परीक्षण गरेर मात्रै घर पठाइन्थ्यो । तर अहिले भने परीक्षण बिना भारतबाट आइरहेका नागरिकहरूलाई धमाधम घर पठाइँदै छ । त्यसैले गर्दा सुदूरपश्चिमका विभिन्न ठाउँमा समुदायस्तरमा नै संक्रमण देखिएको छ । स्थानीय तहको लापरबाहीले कोरोना संक्रमण बढिरहेको छ । स्थानीय तहहरुले भारतबाट आएकाहरुलाई क्वारेन्टिनमा नराखी सिधै घर पठाउँदा संक्रमण तीव्र फैलिएको छ । 

जनताका लागि प्रभावकारी राहतका योजना ल्याइएको पाइएको छैन । सरकारले यस्तो भयावह अवस्थामा जनताको सुरक्षामा कुनै योजना बनाएको छैन । कोरोना परीक्षणको संख्यात्मक वृद्धि हुन सकेको छैन । अब सरकारले मात्र केही गर्न सक्दैन । सर्वसाधारण पनि सजग हुनुपर्ने बेला हो ।