कैलालीमा निषेधाज्ञा ३१ गतेसम्मका लागि लम्बियोः ब्यवसाय खुला, जोरबिजोर प्रणालीमा सवारी साधन चल्ने
2020/09/02, 7:26

कैलालीमा निषेधाज्ञा थप ३१ गते सम्म हुने भएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले आदेश जारी गर्दै भदौ ३१ गतेसम्म निषेधाज्ञा जारी रहने उल्लेख गरेका छन् । निषेधाज्ञा लम्बिए पनि व्यापार भने सञ्चालन गर्न पाउने भएको छ ।

प्रमुख जिल्ला अधिकारी बोहराद्वारा जारी आदेश अनुसार १९ गते मध्यरातिदेखि सार्वजनिक सवारी जोरबिजोर प्रणालीमा सञ्चालन गर्न पाईने उल्लेख छ भने ५० प्रतिशत यात्रु मात्रै बोक्न पाईने छ । व्यापार व्यवसाय विहान ५ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाईने छ ।
यसभन्दा पहिले कैलालीमा भदौ ४ गते राति १२ बजेदेखि लागु हुने गरी १४ गतेसम्म निषेधाज्ञा गरिएको थियो । दोस्रो पटक १४ गतेदेखि १९ गते सम्म थप गरिएको थियो । कैलालीमा यो तेस्रो पटक गरिएको निषेधाज्ञा हो ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/03/27, 10:10
2021/10/19, 11:45
2022/09/16, 8:29
2024/01/27, 4:41