सुदूरपश्चिमका ५ हजार जना कोरोना जितेर घर फर्किए
2020/09/03, 7:47
 
corona

सुदूरपश्चिम प्रदेशमा थप १५ जना कोरोना संक्रमण मुक्त भएका छन । प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले बुधवार महाकाली अस्पतालबाट ६, बझाङबाट पाँच, सेती प्रादेशिक अस्पताल र डोटीबाट दुई÷दुई जनालाई डिस्चार्ज गरिएको जानकारी दिए ।

योसंगै प्रदेशमा पाँच हजार संक्रमितले कोरोना जितेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार नौ वटै जिल्लाका पाँच हजारले कोरोना जितेका छन् ।

अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको कैलालीका एक हजार तीन सय ४१ जना निको भएर घर फर्किएका छन । यस्तै डोटीका आँठ सय २०, अछामका पनि आँठ सय १३, कञ्चनपुरका ६ सय ३४ जना संक्रमित निको भएर घर फर्किएको दावी स्वास्थ्य निर्देशनालयले गरेको छ ।

बाजुराका चार सय ४२ जना, बैतडीका तीन सय २५, डडेल्धुराका दुई सय ९९, बझाङका दुई सय ८५ जना र दार्चुलाका ४१ जना संक्रमित पनि डिस्चार्ज भएका छन् ।

सुदूरपश्चिम प्रदेशमा बुधवार सम्म ६ हजार ६६ जनामा कोरोना पुष्टि भएको छ । उनीहरु मध्ये १४ जनाको मृत्यु भईसकेको छ ।