वर्षाले अवरुद्ध बनाएको मौरे खिरपाटा सडक जीप व्यवासायीको पहलमा सुचारु
2020/09/03, 8:55
 
pahiro

बाजुराको त्रिवेणी नगरपालिका अन्तरर्गत पर्ने मौरे खिरपाटा अवरुद्ध सडक जीप व्यवसायीले सुचारु गरेका छन्। वर्षाका कारण ठाउँ ठाउँमा गएको पहिरो एक महिना भन्दा बढी अवरुद्ध भएको सडक उनीहरुले सुचारु गरेका हुन्। जय मालिका प्राली जीप व्यवसायी समितिका सदस्य जयसिंह बुढाले त्रिवेणी नपाको वडा नम्बर ६,७ र ८ मा सडक अवरुद्ध हुँदा पनि नगरपालिकाले सडकमा आएको पहिरो पन्छाउनका लागि चाँसो नदिएको आरोप लगाए।

नगरपालिकाले डोजर लगाएपनि वडा नम्बर ८ बागथला र सल्लेरी पिपलमा माथिबाट भत्केको माटो पन्छाएपनि सडक पुर्ण रुपमाा सुचारु भएको थिएन, बुढाले भने,–‘ ८ जना जीप व्यवसायी मिलेर अवरुद्ध सडक सुचारु गरेका हौं।’ त्रिवेणी नपाका निमित कार्यकारी अधिकृत चिरन्जीवि शाहलाई अवरुद्ध सडक पन्छाउनका लागि जानकारी गराउँदा समेत वेवास्था गरेको उनको आरोप छ। उनीहरुले भत्किएको अवरुद्ध सडक सुचारु गर्नका लागि नगर निमित प्रमुख चिरन्जीवि शाहलाई एक घण्टा रोका थिए।

2

पहिरो पन्छाउनका लागि नगरपालिकाले १ लाख ५० हजार रुपैयाँ दिएपनि त्यो रकम अपुग हुँदा भत्केको सडक पुर्ण रुपमा सुचारु भएको थिएन। सडक वर्षाका कारण भत्किएपछि आवजावतमा निकै समस्या भएको स्थानीयले बताएका छन्। ठाउँ ठाउँमा गएको पहिरोका कारण यात्रुले ३ घण्टासम्म यात्रा गर्न बाध्य थिए। जीप व्यवसायी अजयसिंह बुढा, चन्द्र अएडी, गणेश अएडी, भोजराज बुढा, बसन्तनाथ योगी,  सुरेन्द्र नाथ योगी,  कमल साउद र उमेश गिरी गरि आठ जनाले ५÷७ किलोमिटर भत्केको सडक सुचारु गरेका हुन्।वर्षाले अवरुद्ध सडक सुचारु भएपछि यात्रुलाई आवतजावत गर्न सजिलो भएको छ।