सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट सहितको टोली बाढी पीडित क्षेत्रमा
2020/09/03, 3:13
 
Badi

सुदूरपश्चिममा बाढीले क्षति पु¥याएको बाजुरा र अछामका लागि राहत साम्रगी पु¥याउन मुख्यमन्त्री सहितको टोली गएको छ ।

मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाह सहितको टोली अछामको रामारोशन गाउँपालिका वडा नम्बर ५ सैनी बजार र बाजुरा गौमुल लगायतका ठाउँका बाढी प्रभावित परिवारहरुका लागि राहत सामग्री लिएर गइरहेको हो ।

मुख्यमन्त्री भट्टको सचिवालयका अनुसार अनुसार मुख्यमन्त्री सहितको टोली बाढीले घर बगाएका परिवारहरुका लागि त्रिपाल र कम्बल लिएर प्रभावित क्षेत्र गएको हो ।

साथै टोलीले मृतक परिवारलाई घोषणा गरेको एक लाख रुपैयाँ राहत पनि हस्तान्तरण गर्नेछ ।