
कैलालीमा डाकाँ चोरी मुद्दामा फरार दुई पुरुष १६ बर्ष पछि पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीले गौरिगंगा नगरपालीका वडा नम्बर २ बस्ने ५६ वर्षीय श्याम चौधरी र सोही ठाउँका ५० वर्षीय फुलपाती चौधरीलाई १६ वर्ष पछि पक्राउ गरेको हो।

२०५८ माघ ४ गत राती हातहतियार सहित आएको समुहले नगद तथा धनमाल डाँका चोरी गरी फरार भएको घटनामा संलग्न उनीहरुलाई तत्कालै पक्राउ गरिएको थियो। कैलाली जिल्ला अदालतको आदेशले पुर्पक्षका लागी कारागार पठाएका उनीहरु२०६१ माघ २७ गते फरार भएका थिए।
जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले उनीहरुलाई आज पक्राउ गरी आवश्यक कारबाहीका लागी अदालतमा दाखिला गरिएको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/17, 10:46
2020/10/21, 8:59
2021/05/17, 4:50
2021/12/20, 8:38
2023/01/01, 1:09