सुदूरपश्चिममा ५१११ जनाले कोरोना जिते, कुन जिल्लाका कति घर फर्किए ? 
2020/09/05, 7:47
 
corona

सुदूरपश्चिम प्रदेशमा थप ६९ जना कोरोना संक्रमण मुक्त भएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले अछामबाट ३५, बझाङबाट २६, कैलालीबाट १० र डोटीबाट तीन जनालाई डिस्चार्ज गरिएको जानकारी दिए ।

योसँगै प्रदेशमा पाँच एक सय ११ संक्रमितले कोरोना जितेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको कैलालीका एक हजार तीन सय ४६ जना निको भएर घर फर्किएका छन् ।

यस्तै डोटीका आठ सय ६४, अछामका पनि आँठ सय ४८, कञ्चनपुरका ६ सय ३५ जना संक्रमित निको भएर घर फर्किएको दावी स्वास्थ्य निर्देशनालयले गरेको छ ।

बाजुराका चार सय ४२ जना, बैतडीका तीन सय २५, डडेल्धुराका दुई सय ९९, बझाङका दुई सय ८५ जना र दार्चुलाका ४१ जना संक्रमित पनि डिस्चार्ज भएका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा शुक्रवारसम्म कोरोना संक्रमितको संख्या ६ हजार एक सय नाघेको छ । संक्रमण पुष्टि भएका १४ जना संक्रमितको मृत्यु भईसकेको छ ।