लेजेन्ड बैंकका लेजेन्ड बैंकर
2020/09/05, 12:20
 
digendra chand

सीताराम ओझा- बैतडीका डिगेन्द्र चन्द उमेरले ४८ बर्ष भए । बैंकमा जागीरे भएको २७ बर्ष भईसकेको छ । बैंकिङ करियर सुरु गरेको नबिल बैंकमै पुरै २७ बर्ष बिते उनका । सहायकमा जागीर सुरु गरेका उनी हाल सुदुरपश्चिम प्रदेश प्रबन्धक भएका छन् । बैंकिङ करियरलाई एउटा पाठशालाको रुपमा मान्ने उनी विज्ञान पढेर बैकिङ क्षेत्रतिर लागेका हुन् । 

1

वि.स. २०४५ सालतिर नेपाल फर्किएका उनी त्यो भन्दा अघिसम्म भारतमै बसेर विज्ञान विषयको अध्ययन गरिरहेका थिए । बुबाको भारतीय सेनामा जागीर । बैतडीमा जन्मिएका उनको दुई तिन बर्ष घरमै वित्यो । त्यसपछि उनी बुबासँगै भारत गए । भारतीय सेनामा बुबाको पोष्टिङ पञ्जावमा थियो । त्यहाँ दुई बर्ष पढे । त्यसपछि आग्रा आए । त्यहाँको सेन्ट क्लियर्सबाट १० सम्मको पढाई गरे । ईन्टर एयर फोर्स कलेजबाट गरे ।

1

1

भारतमा बस्न मन लागेन उनलाई । नेपाल फर्किए र काठमाण्डौंको अस्कल कलेजमा विज्ञान विषय लिएर स्नातकमा भर्ना भए । विज्ञानमा स्नातक उत्तिर्ण भएपछि नै उनको बैकिङ करियर सुरु भएको थियो । विज्ञानमा स्नातक सकिएका वेला उनलाई एक जना दाईले बैंकमा जागीर खुलेको छ भनेर आवेदन दिन भनेपछि आवेदन दिएका थिए ।

2

1

४४ जनाको दरवन्दीमा झण्डै चार हजार जनाले जागीरका लागि आवेदन गरेका थिए त्यो वेला । लिखित परिक्षामा उनको नाम २५ औं नम्बरमा आयो । लिखित र मौखिकमा पास भएसँगै उनले जागीर सुरु गरेका थिए तत्कालीन नेपाल अरब बैंकमा । बाल्यकाल र पढाई भारतमा विताएका कारण उनलाई नेपाली बोल्न नै कठिन हुने गरेको थियो ।

1

4

तर पनि विस्तारै सिक्दै गए । जागीरको पहिलो पोष्टिङ भयो । क्रेडिट कार्ड विभागमा । नेपालमा क्रेडिक कार्डको सुरुवात नविल बैंकले नै गरेको थियो । त्यसपछि भिषा कार्ड जारी भयो । झण्डै ६ बर्ष विताए उनले कार्ड विभागमा । उनका लगि बैंकिङ क्षेत्र नयाँ अभ्यास थियो । त्यसपछि बैंकले पोखराको लेकसाईडमा नयाँ शाखा खोल्यो । उनी पनि पोखरातिर हानिए । सहायकै रुपमा ऋण विभागमा काम गरे झण्डै ८ बर्ष । 

3

2

सन् २००७ मा बैंकले धनगढी महेन्द्रनगर डडेल्धुरा लगायत देशका १० स्थानमा एकै पटक शाखा खोल्यो । महेन्द्रनगरमा उनलाई पहिलो पटक शाखा प्रबन्धक रुपमा काम गर्ने जिम्मेवारी उनको काँधमा आयो । तीन बर्षको महेन्द्रनगर वसाईमा उनले बैंकलाई नयाँ उचाईमा पुराए । महेन्द्रनगरमा नविल बैंकलाई स्थापित गरे । त्यसपछि फेरि हानिए काठमाण्डौंतिर त्यहाँका विभिन्न बैंकहरुका शाखाहरुमा शाखा प्रबन्धक भएर ८ बर्ष काम गरे । त्यसपछिको पछिल्लो तीन बर्षदेखि उनी धनगढीमा कार्यरत रहेका छन् । दुई बर्षसम्म धनगढी शाखाको प्रबन्धक र पछिल्लो एक बर्षदेखि प्रदेश प्रबन्धकको रुपमा काम गरिरहेका छन् । 

4

२७ बर्ष अर्थात जीवनको उर्जासिल समय एकै बैंकमा विताउनु सामान्य कुरा होईन् । उनलाई यो अवधिमा कहिल्यै पनि विचलन भएन् । एक पटक त उनले अरु बैंकमा जाने सोच पनि नआएको होईन् । तर नविलको काम गर्ने वातावरणमा मज्जा लिईरहेका उनलाई अरु ठाउँमा नयाँ कल्चरमा काम गर्न गाहे हुने की जस्तो लाग्यो । काम गरिरहेको ठाउँको जस्तो वातावरण नपाईने हो की ? आफ्नो क्षमता देखाउन नपाईने हो कि जस्ता कुराले मनमा दुविधा सिर्जना गर्दा उनले अरु बैंकमा जाने सोच नै त्यागिदिए । अरु ठाउँमा पद, सेवा सुविधा र काम गर्न नसकेर जाने हो । तर त्यहाँ उनलाई नपुगेको, गर्न नपाएको सवै थोक छ के काँ लाथि जाने भन्छन् उनी । 

3

आफुले गरेको कामबाट उनी सन्तुष्ट छन् । आफ्नो बैकिङ करियरमा ईमान्दारीताका साथ निरन्तरता दिएका कारण आजको उचाई पाएको उनको अनुभव छ । बैकिङ क्षेत्रमा आर्थकै कारोवार हुने हो । त्यही भएर राम्रो काम गरेर मात्रै नहुने ईमान्दारिता पनि हुनै पर्ने सोच राख्छन् उनी । गणित र भौतिक विज्ञानका सौखिन थिए उनी । गणितसँग खेल्दै एउटा रहर पुरा गरिरहेका छन् ।

3

सँगै यो क्षेत्र आफ्नो पाठशाला भएको बताउँछन् । विज्ञानतिर लागेको भए उनी त्यही विषयमा केन्द्रित हुन्थे होला उनी तर अहिले उनले सवै विषय पढ्ने वुझ्नै मौका पाएका छन् बैकिङ क्षेत्रमा लागेर । व्यापार नगरे पनि व्यापार गर्न सिकिसकेका छन् उनले । उत्पादन क्षेत्रमा नलागे पनि उत्पादनसँग सम्बन्धित ज्ञान आर्जन गरि सकेका छन् उनले । एक थलोमा बसेर सवै क्षेत्रलाई पढ्ने मौका मिलेको छ उनलाई । त्यही कारण पनि सन्तुष्ट छन् उनी । 

3

वैतडीबाट काठमाण्डौं सरिसकेको छ उनलको परिवार आजभोली । २०५४ सालमा रिना चन्दसँग वैवाहिक जीवनमा वाँधिएको पनि २३ बर्ष पुगिसकेको छ । एक छोरी र एक छोरा छन् उनका । छोरी अहिले अष्ट्रेलियामा छिन् भने छोरा कक्षा ७ मा पढ्दै छ । वैकिङ करियरमा विभिन्न ठाउँहरुमा जानुपर्ने भएका कारण छोरा र छोरी बीच ७ बर्षको अन्तर छ । सुरुमा एक्लै जाने गरेका उनी पछि भने आफु जता गए छोराछोरीलाई पनि सँगै लगे । 

4

3

अहले नेपालमा लकडाउन छ । बर्षमा अर्बौको तरकारी नेपाल आउने गरेकोमा अहिले रोकिएको छ । यसलाई चुनौतीभन्दा पनि अवसरको रुपमा लिनुपर्ने उनको विचार छ । आफुले आवश्यक पर्ने तरकारी घरमै लगाएर पनि सम्भावना खोज्न सकिन्छ भन्छन् उनी । त्यसका लागि खेत नै आवश्यक पर्दैन । घरका छतहरुलाई पनि सदुपयोग गर्न सकिने उनको भनाई छ । आफ्नै घरमा तरकारी उत्पादन थालेमा विदेशमा गईरहेको अर्वौ रुपैयाँ नेपालमा रहने मात्रै होईन् घरमै ताजा र स्वच्छ तरकारी खान पाईने उनी बताउँछन् ।

2

2

त्यसको सुरुवात उनले आफैं गरिसकेका छन्  । काठमाण्डौंको उनको घरको छतमा विभिन्न तरकारीहरु फलेका छन् । बजारबाट आजभोली कुनै तरकारी नै किन्नु पर्दैन । कौसी भरी फलेका तरकारीहरु आफुलाई खान पुगेर अरुलाई दिन पनि पुग्छ । त्यही भएर वैकिङ करियरपछि उनी कृषितिर नै लाग्ने सोचमा छन् । त्यसको योजना पनि वनाईसकेका छन् । लेजेन्ड वैंकका लेजेन्ड बैंकर डिगेन्द्र चन्दलाई उज्जल भविष्यको शुभकामना छ । 

2

1