सुदूरपश्चिममा कोरोना कहरः ६६३८६ परीक्षण, ६१७९ संक्रमित, ५१९८ निको, ८०९ संक्रिय संक्रमित
2020/09/06, 7:46
 
corona

सुदूरपश्चिमका ६६ हजार बढिको कोरोना परीक्षण गरिएको छ । प्रदेशमा कोरोना भाईरसको संक्रमण पुष्टि भएदेखि हालसम्म ६६ हजार तीन सय ८६ जनाको परीक्षण गरिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार सेती प्रादेशिक अस्पताल प्रयोगशाला धनगढीमा सबैभन्दा बढि ३४ हजार ६ सय २९, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १६ हजार तनि सय १८ जनाको परीक्षण गरिएको छ ।

यस्तै डडेल्धुरा अस्पताल प्रयोगशालाबाट १३ हजार ६ सय १२ जना, डोटी अस्पताल प्रयोगशालाबाट एक हजार ६ सय ४३ र अन्य प्रयोगशालाबाट एक सय ८४ जनाको परीक्षण गरिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । शनिबारसम्म ६ हजार एक सय ७९ जनामा कोरोना पुष्टि भएको छ । सबैभन्दा बढि कैलालीमा एक हजार ८ सय ११ जना संक्रमित छन् ।

डोटीमा नौ सय ५५ जना, अछाममा नौ सय २३ जना, कञ्चनपुरमा ६ सय ९० जना, बाजुरामा चार सय ५२ जना, बझाङमा चार सय ३७, बैतडीमा तीन सय ८१ जना, डडेल्धुरामा तीन सय १९ जना, दार्चुलामा ५० जना संक्रमित रहेका छन । प्रदेशभर पाँच हजार एक सय ९८ जना संक्रमितले कोरोना जितिसकेको छन् भने १४ जनाको मृत्यु भएको छ ।    

६ हजार बढिमा कोरोना पुष्टि भएको सुदूरपश्चिममा संक्रिय संक्रमितको संख्या आठ सय रहेको छ । शनिबारसम्म प्रदेशभर ६ हजार एक सय ७९ जनामा संक्रमण पुष्टि भएकोमा आठ सय ९ ‘एक्टिभ केस’  अथवा संक्रिय संक्रमित रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
सबैभन्दा बढि कैलालीमा सक्रिय संक्रमित छन्।

स्वास्थ्य निर्देशनालयले कैलालीमा तीन सय ७९ जना संक्रिय संक्रमित रहेको जनाएको छ । जिल्लामा एक हजार ८ सय ११ संक्रमित रहेकोमा एक हजार चार सय २६ जना डिस्चार्ज भईसकेका छन् भने ६ जनाको मृत्यु भएको छ । कैलालीपछि बझाङमा एक सय २४, डोटीमा ८६, अछाममा ७४, बैतडीमा ५६, कञ्चनपुरमा ५३, डडेल्धुरामा २०, दार्चुलामा ९ र बाजुरामा ८ जना संक्रमित संक्रमित छन् ।

अहिले सम्म डोटीका आठ सय ६९, अछामका आठ सय ४८, कञ्चनपुरका ६ सय ३७, बाजुराका चार सय ४२ जना संक्रमित डिस्चार्ज भएका छन् । यस्तै बैतडीका तीन सय २५, बझाङका तनि सय ११, डडेल्धुराका दुई सय ९९, दार्चुलाका ४१ जनाले पनि कोरोना जितेका छन् ।