सुदूरपश्चिममा ५१९८ जनाले कोरोना जिते, कुन जिल्लाका कति घर फर्किए ? 
2020/09/06, 11:51
 
corona

सुदूरपश्चिम प्रदेशमा ५ हजार १ सय ९८ जना कोरोना संक्रमण मुक्त भएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले शनिबारसम्म ५ हजार एक सय ९८ जना डिस्चार्ज भएको जानकारी दिए । यस्तै सुदूरपश्चिममा शनिबारसम्म ६ हजार एक सय ७९ जनामा कोरोना पुष्टि भएको छ । 

सबैभन्दा बढि कैलालीमा एक हजार ८ सय ११ जना संक्रमित छन् । यस्तै डोटीमा नौ सय ५५ जना, अछाममा नौ सय २३ जना, कञ्चनपुरमा ६ सय ९० जना, बाजुरामा चार सय ५२ जना, बझाङमा चार सय ३७, बैतडीमा तीन सय ८१ जना, डडेल्धुरामा तीन सय १९ जना, दार्चुलामा ५० जना संक्रमित रहेका छन ।

प्रदेशभर ९४१ जना क्वारेनटाइनमा छन् । जसमा ६७५ जना पुरुष र २६६जना महिला रहेका छन् । हाल सम्म ६७हजार ४सय९५ जनाको नमुना संकलन गरिएमा ६६ हजार तीन सय ८६ जनाको परीक्षण गरिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । एक हजार १ सय ९ जनाको रिर्पोट आउन बाकी रहेको  निर्देशानयले जनाएको छ ।  प्रदेशभर ५ हजार १सय ९८ जना  संक्रमितले कोरोना जितिसकेको छन् भने १४ जनाको मृत्यु भएको छ ।