असल बैंकरको रुपमा टिकिरहेका टेकराज
2020/09/06, 12:14
 
tekraj bhatta

सीताराम ओझा-  बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि नारा सहित सेवा दिईरहेकोे एनआईसी एसिया बैंकको सुदुरपश्चिम र कर्णाली प्रदेशको प्रबन्धक भएर बैंकलाई हाकीरहेका टेकराज भट्टको कार्यशैली र व्यवहार पनि बैंककै नारासँग मिल्छ । उनकै शब्द सापटी लिएर भन्दा उनी सफलभन्दा पनि असल बैंकरको रुपमा आफुलाई चिनाउँछन् ।

2

बैंकिङ करियर थालेको १४ बर्षमै उनी देशकै ठुलो बैंकको दुई प्रदेश हाकिरहेका छन् । मध्यम वर्गीय परिवारमा जन्मिएका उनी लहैलहले यो क्षेत्रमा लागे पनि अहिले उनको प्यासन र लक्ष्य नै असल बैंकर बन्ने रहेको छ । ४२ बर्षीय टेकराजले आजको दिनसम्म आई पुग्नलाई कडा मेहनत र परिश्रम गरेका छन् । जस कारण उनी स्वच्छ छविको बैकरको पहिचान बनाउन सफल भएका छन् । 

4

एनआईसिय एसियाको दुई प्रदेश हाक्न थालेको साढे तीन बर्ष हुन थालेको छ । उनी प्रदेश प्रबन्धककै रुपमा यो बैंकमा प्रवेश गरेर आफ्नो दक्षता र क्षमता देखाईरहेका छन् । कार्यगत दक्षता भएकै कारण बैंकसँगै उनले पनि आफ्नो बेग्लै परिचय बनाएका छन् । हाल बैंकका सिईओ रहेका रोशन कुमार न्यौपानेले अवसर दिएका हुन उनलाई ।

2

धनगढीमा एनआईसी एसिया बैंकले शाखा खोलेपछि राम्रो र काम गर्ने व्यवस्थापकको खोजी गरिरहेको थियो । टेकराजले विभिन्न बैंकहरुमा गरेको र देखाएको क्षमताका आधारमा उनलाई अफर गरियो । काम गर्ने शैलीदेखि उनको दक्षता देखेर उनलाई दुई प्रदेशको प्रबन्धकको रुपमा नियुक्त दिईएको हो । आफुले गरेको कामले सन्तुष्ट छन् टेकराज । 

2

बैंकिङ करियरमा झण्डै सुदुरपश्चिमका डेढ लाख मानिसलाई व्यवसायिक रुपमा अगाडी वढ्न सहयोग गरेका छन् । लघु वित्त कर्जालाई बढी प्राथमितका दिन्छन् उनी । साना तथा मझौला काम गर्नेलाई सहयोग गर्न बढी तत्पर हुन्छन् । अर्थात टेकराजको प्राथमिकता हुने खाने वर्गभन्दा पनि गरिखाने वर्ग पर्छन् । उनले सहयोग गरेका विपन्न र मध्यवर्गीय परिवारहरुको जीवनमा परिवर्तन मात्रै आएको छैन की उनीहरु मार्फत रोजगारीका अवसरहरु पनि सिर्जना भईरहेको उनको अनुभव छ । यसले मुल्य श्रृंखलामा दुरगामी प्रभाव पर्ने गरेको उनको भनाई छ । 

1

केही गर्न चाहने सेवाग्राहीहरुलाई विना झन्झट कसरी सेवा प्रदान गर्न सकिन्छ भन्ने कुरा उनको मनमा सधैं रहिरहेकको हुन्छ । कारण दर्जनौ बैंकहरु छन्, दर्जनौ कर्जा सुविधाहरु छन् । सेवाग्राहीलाई राम्रोसँग सम्मान गर्न नसकेमा बैंकिङ बजारमा टिक्न र विक्न गाहे हुने कुरा वुझेका छन् उनले ।

1

हाल उनी कार्यरत एनआईसी एसियाको व्यवस्थापन, काम गर्ने वातावरण, संस्कारले सहज रुपमा अगाडी बढ्न मदत्त मिलिरहेको बताउने उनी आफुलाई सफलभन्दा पनि असल बैंकरकै कडीमा आफुलाई उभ्याउँछन् । बैंकमा काम गर्ने सवै जनामा ईमान्दारिता असल बैंकरमा हुने पहिलो गुण मान्छन् उनी । उच्च ईमान्दारिता र नैतिक मुल्य र मान्यताका साथ सवैको विश्वास जित्न आवश्यक रहेकोमा जोड दिने उनी कर्मगत दक्षतामा पनि ध्यान दिनुपर्ने तर्क गर्छन् । 

1

टेकराजको बैकिङ यात्रा १४ बर्षमा पुगेको छ । यहाँसम्म आईपुग्दा उनले विभिन्न आरोह अवरोह पार गरेका छन् । तीन बर्ष अघि एनआईसिय एसिया बैंकमा आबद्ध हुनु अघि उनले विभिन्न बैंकमा विभिन्न पदहरुमा बसेर कार्य अनुभव लिए । डोटीको कपल्लेकीमा २०३५ सालमा जन्मिएका उनी २०५२ सालमा एसएलसी उत्तिर्ण भएपछि उच्च शिक्षाका लागि काठमाण्डौं हानिए । कपल्लेकी स्थानीय केदारेश्वर माविबाट एसएलसी पास भएपछि ईन्टर पाटन क्याम्पस र स्नातक त्रिचन्द्र क्याम्पसबाट पुरा गरे ।

2

त्यही क्रममा उनले बैंक अफ काठमाण्डौं र हिमालय बैंकमा ईन्टरसीपको रुपमा काम गरे । त्यही ईन्टरसीपले उनलाई बैंकमा जागीर गर्ने उत्साह थपियो । सोही वेला काठमाण्डौंको चावहिल शाखामा रहेको एभरेष्ट बैंकमा कर्मचारी आवश्यकताको विज्ञापन खुलेको देखे । निवेदन दिए पास भए जागीर पनि पाए । जागीरसँगै स्नातकोत्तर पनि पुरा गरे अर्थशास्त्र विषयमा । एरभरेष्ट बैंकमा सहायकको रुपमा दुई बर्ष काम गरेपछि उनी ग्लोबल बैंकमा गए सहायकभन्दा दुई पदमाथि जुनियर अफिसर भए ।

4

किर्तिपुर शाखामा लामो समय काम गरे । आफ्नो क्षमता देखाईसकेका थिए उनले ग्लोबल बैंकमा काम गर्ने वेला नै । त्यसपछि बैंकले लम्की, डडेल्धुरा, धनगढी, लगायतका स्थानहरुमा शाखा विस्तारको योजना ल्यायो । लम्की शाखामा उनलाई शाखा प्रबन्धक बनाएर पठाईयो । लम्कीमा झण्डै दुई बर्ष शाखा प्रवन्धक भएर काम गरे । सुदुरपश्चिम आफ्नो ठाउँ यहाँ नै केही गरौं भन्ने उनको सोचलाई साकार पारे । 

2

ग्लोबल बैंकको लम्कीमा काम गर्दै गर्दा धनगढीमा एनएमबी बैंकको शाखा स्थापना भयो । शाखा प्रबन्धकको लागि नयाँ मान्छेको खोजी गरिरहेको सुने । उनले एनएमबीमा शाखा प्रबन्धकका लागि आवेदन दिए । लिखितमा उत्तिर्ण भए । तर मौखिक अन्तर्वाता उनका लागि रोचक र अनौठो भयो । काम गर्न सक्ने कि नसक्ने, योजनाहरु र नितिहरुका बारेमा सोधिनु स्वभाविकै हो । तर उनलाई अंग्रेजी आउँछ की आउँदैन भनेर सोधियो ।

2

सोधिएको मात्रै होईन अंग्रेजीमा लेख्न पनि लगाईयो । कारण थियो विद्यालयदेखि डिग्रीसम्म सरकारी विद्यालय र क्याम्पस पढेकोले अंग्रेजीमा लेख्न सक्छ की सक्दैन् भन्नका लागि । उनले अंग्रेजी पनि लेखेर देखाए । बल्ल उनलाई पत्यायो बैंकले । लम्बीबाट धनगढी वसाई सरे उनी एनएमबीको शाखा प्रबन्धकको रुपमा । 

2

काम सुरु गरेको केही महिनामै बैंकलाई नयाँ उचाईमा पुराए उनले । त्यही काम देखेर एनएमबी बैंकको व्यवस्थापनले उनलाई तत्कालीन सुदुरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चल विकास क्षेत्रको प्रमुखकको रुपमा वढुवा गर्दै जिम्मेवारी दियो । झण्डै ५ बर्ष काम गरे उनले एनएमबी बैंकमा । धनगढीमै काम गरिरहेका वेला सनराईज बैंकले पनि विकास क्षेत्रको अवधारणामा जाने तयारीमा थियो । त्यही वेला सनराईजमा काम गरिरहेका दिपक जोशीले उनलाई प्रस्ताव गरे ।

1

जोशीलाई बैंकले क्षेत्रीय प्रमुख बनाउने भएको हुँदा टेकराजलाई डेपुटी क्षेत्रीय प्रवन्धकको रुपमा आउन अफर आयो । उनी केही नसोचेरै त्यहाँ गए । झण्डै दुई बर्षसम्म सनराईजमा काम गरे । त्यसपछि बैंकले क्षेत्रीय संरचना हटायो । त्यसपछि उनको साईनो एनआईसिया बैंकसँग जोडिएको हो । 

1

विभिन्न बैंकहरुमा काम गर्दा आर्थिक रुपमा उनले नोक्सानी व्यहोरे । उपदानहरु पाउँथे होला त्यो गुम्यो । तर व्यक्तीगत रुपमा भने उनलाई फाईदा भयो । कुन बैंकमा काम गर्ने वातावरण कस्तो छ वुझे । संस्कार थाहा पाए । विभिन्न बैंकका राम्रा नराम्रा पक्षहरुसँग घुलमिल हुने मौका पाए । त्यही घुमाईलाई पनि उनी योग्यता र क्षमतालाई तिखार्न मदत्त मिलेको बताउँछन् । अर्थशास्त्र पढेका उनी अर्थशास्त्रकै भाषामा छनोटको स्वतन्त्रता भएकोले यसलाई सकारात्मक रुपमा लिन्छन् ।

2

खुल्ला बजार र खुल्ला अर्थतन्त्रमा मेहनत र पसिनाको उचित मुल्य पाउनुपर्ने उनको धारणा छ । बैंकिङ करियरसँगै पारिवारिक यात्रालाई पनि अगाडी वढाईरहेका छन् टेकराजले । ११ बर्ष पुगेको छ वैवाहिक जीवनमा बाँधिएको । एक छोरी एक छोरा छन् उनका । टेकराज एक मध्य वर्गीय परिवारमा जन्मिएका हुन् । बुबा शिक्षक थिए, पछि जागीर छोडेर किसान भए ।

2

तीन दाईभाई र दुई दिदी विहीनी रहेको उनको परिवारमा दाई गुणाकर भट्ट जो अहिले नेपाल राष्ट्र बैंकका प्रवक्ता छन् । भाई अमेरिकमा पिएचडी गरिरहेका छन् । दिदी विद्यालयमा प्राधानाध्यापक छिन् भने वहिनीले आफ्नै व्यवसाय गरिरहेकी छिन् । यस अर्थमा निजि क्षेत्रमा लागेका उनी परिवारका एक्ला सदस्य हुन् ।

2

घर परिवारका अन्य सदस्यहरुभन्दा फरक काम गरेर फरक क्षमता र दक्षता देखाउँदै सफलताका शिखरहरु चढिरहेका छन् उनी । अझैं गन्तव्य पुग्न सयौं खुटकिलोहरु चढ्न वाँकी छन् । त्यसका लागि उनी निरन्तर लागिरहेका छन् । सफलसँगै असल बैंकरको रुपमा परिचय बनाउन सफल टेकराज भट्टलाई हाम्रो पनि शुभकामना । 

4