औठा छाप परिवारका ‘सेल्सम्यान’ बैंकका प्रदेश प्रबन्धक
2020/09/07, 12:37
 
nandaraj joshi

सीताराम ओझा- जीवनलाई संघर्षको अर्को नाम भनिन्छ । संघर्ष विनाको जीवनको महत्व पनि हुदैंन । तर संघर्षसँग जुध्न सक्नेले सफलता पनि पाउँछ भन्ने ज्वलन्त उदाहरण हुन् प्रभु बैंकका सुदुरपश्चिम प्रदेश प्रबन्धक नन्दराज जोशी । उनको जीवन यात्रा कुनै चलचित्रको भन्दा कम छैन् । उनको संघर्षको कथा जो कोहीका लागि पे्ररणा बन्न सक्छ । औठा छाप परिवारमा उनी पसलको सेल्सम्यानदेखि बैंकको प्रदेश प्रबन्धकसम्मको यात्रा पनि निकै रोचक र अचम्म प्रकृतिको छ । 

1

४० बर्ष पुग्न थालेका नन्दलाल जोशी बैंकिङ क्षेत्रमा प्रवेश गरेको १५ बर्ष वितिसकेको छ । बैंकको सवैभन्दा तल्लो तहमा जागीर सुरु गरेका उनी अहिले पछिल्लो दुई बर्षदेखि सुदुरपश्चिम प्रदेशको प्रबन्धकको रुपमा कार्यरत रहेका छन् । उनको धनगढी वसाई ६ बर्ष पुगिसकेको छ । प्रभु बैंक धनगढी शाखामा चार बर्ष शाखा प्रबन्धक भएर काम गरेपछि प्रदेश प्रबन्धक बनेका हुन् । बैंकका देशभरीका शाखा मध्ये उनले धनगढी शाखालाई उत्कृष्ट शाखा र आफु उत्कृष्ट शाखा प्रबन्धक बनिसकेका छन् ।

1

प्रदेश कार्यालयमा पनि सुदुरपश्चिम शाखालाई वेष्ट प्रोभिन्सल अफिस र आफुलाई वेष्ट प्रोभिन्सल म्यानेजर बनाएर क्षमता देखाईसकेका छन् । सुदुरपश्चिममा प्रभु बैंकलाई वाणिज्य बैंकहरुमा उत्कृष्ट दशमा पार्न सफल भएको दावी गर्छन् उनी । तर नन्दराजको यहाँसम्मको यात्रा पनि निकै दर्दनाक रहेको छ ।  वझाङको खप्तडछान्ना गाउँपालिका वडा नम्बर १ गडीगाउँमा जन्मिएका जोशीको बाल्यकाल उतै वित्यो ।

2

त्यसपछि विद्यालयको पढाई कञ्चनपुरको वेलौरीमा गरे । बुबाको भारतमा जागीर भएका कारण बुबा उतै बस्थे । सानै उमेरदेखि काकाको घरमा वसेर जनज्योती माविबाट एसएलसी उत्तिर्ण गरे । एसएलसीसम्मको पढाई गर्दा उनले वेलौरी आसपास वाहेक अन्य ठाउँ कस्तो छ हेर्न पाएनन् । त्यसपछि ईन्टर र स्नातक पढ्नका लागि कैलाली वहुमुखी क्याम्पस भर्ना भएपछि उनले धनगढी हेर्न पाए । राम्रै नम्बर ल्याएर पास भएपछि अव स्नाकोत्तर पढ्नु थियो । तर पढ्ने कसरी चिन्ताले पिरोलिरहेको थियो उनलाई एक जना साथीले एमबीएस गर्न काठमाण्डौं जाउ भने ।

4

उनी अक्कनवक्क भए । काठमाण्डौंमा डेरामा वसेर किनेर खाने कसरी भन्ने पीर थियो । ती साथीले आफ्नै कोठामा राख्ने र खाने वस्ने व्यवस्था गर्छु भनेपछि उनी काठमाण्डौं जान तयार भए । त्यही पढाईका लागि उनी काठमाण्डौ जानु नै उनले देखेको ठुलो शहर हो । स्नातक पढ्दासम्म उनले महेन्द्रनगर र नेपालगंजसम्म पनि पाईला टेकेका थिएनन् । काठमाण्डौं वसाईमा शंकरदेव क्याम्पसमा पढाईसँगै आम्दानीको वाटोका लागि भएपनि जागीरको खोजी गर्न थाले । काठमाण्डौंको एक मदिरा पसलमा सेल्सम्यानको काम पाए । त्यहाँ झण्डै दुई बर्ष जति काम गरे । त्यहाँ काम गर्दा उनले धेरै कुराहरु सिक्ने मौका पाए ।

2

उनले एमबीएस पनि पास गरे । त्यसपछि उनको काम देखेर गोर्खा ब्रुअरीले आफ्नो काम गर्न भने । त्यहाँ पनि सेल्सम्यानको काम गरे । त्यही क्रममा जसले काठमाण्डौं लगेका थिए ती साथीले बैंकमा जागीर खुलेको बताए । सेल्सम्यानमा काम गर्दै गर्दा पत्रपत्रिकामा आवश्यकता सम्बन्धीका विज्ञापनहरु हेर्ने उनको दैनिकी जस्तै थियो । दाङको वेष्टर्न डेभलपमेन्ट बैंकमा जुनियर एसिस्टेन्ड टेलरमा जागीर पाए । उनलाई जागीरका लागि भनि दिने कोही पनि थिएनन् । आफ्नो क्षमता र काम गर्ने ईच्छा शक्तीले नै बैंकमा जागीर खाने ढोका खुलेको मान्छन् उनी । त्यहाँ झण्डै चार बर्ष काम गरे उनले ।

4

दाङको वसाईमा उनले उत्कृष्ट काम गरे । नयाँ ठाउँ, नयाँ मान्छे र नयाँ परिवेशमा काम गर्न सहज थिएन् तर उनी दिनरात नभनिकन निरन्तर खटिरहे आफ्नो कर्ममा । उनले गरिरहेको काम देखिरहेका थिए अन्य वैंकहरुले पनि । तत्कालीन किष्ट बैंकबाट अफर आयो । एकै पटक धेरै पदहरुलाई जम्पिङ गर्दै उनी शाखा प्रबन्धक भए । किष्टमा पनि दुई बर्ष बिताए । आफ्नो काम पनि देखाए । त्यसपछि उनको सरुवा वुटबल भयो । शाखा प्रवन्धक भएर वुटबलमा पनि झण्डै तीन बर्ष काम गरे  । 

1

वुटबलपछि उनलाई वैंकले धनगढी पठायो । विगत ६ बर्षदेखि उनी धनगढी र दुई बर्षदेखि सुदुरपश्चिम वैंकका शाखाहरुको नेतृत्व लिईरहेका छन् । हाल प्रभु वैंकका सुदुरपश्चिममा १० शाखा र दुई एक्टेन्सन काउण्टर छन् । आठ वटा शाखा त नन्दलालले आफ्नो पहलमा खोलेका उनी ।

1

प्रदेशका नौ जिल्लामा प्रभु वैंकको शाखा खोल्ने तयारीमा लागेका थिए  उनी । विभिन्न जिल्लाहरुमा गएर त्यसको सम्भाव्यता पनि अध्ययन गरिसकेका थिए । बैंक व्यवस्थापनले पनि ओके भनिसकेको थियो । तर कोरोना माहामारीले ती योजनाहरु अगाडी वढ्न सकेका छैनन् ।

2

सफल बैंकर बन्ने कडी उनले मदिराको पसलमा काम गर्दा त्यहाँको साहुबाट सिकेको बताउँछन् । ती साहुलाई अहिले पनि भेट्छ काठमाण्डौं गएका वेला । एउटा सामान्य परिवारको मान्छे बैंकको प्रदेश प्रबन्धक बन्नुमा सेवाग्राहीले आफु प्रति गरेको विश्वास र माया मान्छन् । आफ्नो सफलताको पछाडी आफुभन्दा पनि आफुसँग काम गर्ने कर्मचारीहरुको राम्रो टिम वर्कलाई मान्छन् उनी । जुन जुन ठाउँमा काम गरे सबै ठाउँमा राम्रो टीम पाएकै कारण यो उचाईसम्म पुगेको उनको अनुभव छ । 

1

बैंकिङ करियरमा नाम र दाम दुवै कमाएका नन्दराजको वसाई धनगढी सरिसकेको छ । चार जना छोराछोरी पनि विद्यालय र क्याम्पस पढिरहेका छन् । उनको पारिवारिक कथा पनि अनौठौं किसिमको छ । बुबा आमा नपढेका मात्रै होईन उनकी श्रीमति पनि अशिक्षित नै हुन् । शिक्षित पनि कसरी हुन सानो उमेरमै उनको विवाह भईसकेको थियो रे । बुबा रोजगारीका लागि भारतमा आमा घरमा उनी वेलौरी । आमाको पेटमा समस्या भएका कारण उनकी आमा निहुरिएर पिठो मिच्न नसक्ने भएपछि आमालाई पिठो मिच्न सघाउनलाई उनको विवाह भएकोले सानो उमेरमा ।

1

उनले आमालाई सोधे अनुसार १३ बर्षको उमेरमा विवाह भएको रे । उनले धेरै बर्षसम्म आफ्नो विवाह भएको र श्रीमति भएको पनि थाहा पाएनन रे । हाल उनी र स्नातक पढ्दै गरेकी छोरीसँगै भएमा कसैले पनि बुबा छोरी भनेर पत्याउँदैनन् । १७ बर्षको उमेरमा उनकी जेठी छोरी भएकी हुन् । उनी अहिलेसम्म ससुराली अहिलेसम्म पनि गएका छैनन् ।

2

सासु ससुरालाई बल्ल धनगढीमा एक पटक भेटेका छन् । श्रीमतिकै कारण यो उचाईमा पुगेको उनी मान्छन् । श्रीमति औठा छाप हुँदा पनि आफुलाई पढ्न दिएकै कारण सफल भएको ठान्छन् उनी । क्याम्पसमा पढ्ने क्रममा धेरै जना साथीहरुले विवाह कहिले गर्ने भनेर उनलाई हैरान पार्थे ? उनी साथीहरुलाई ठग्थे । जागीर खाएपछि गर्छु भन्दिन्थे । 

2

उनका दुई छोरा र दुई छोरी छन् । दुई छोरी स्नातक, एक छोरा ईन्टर र कान्छो छोरा कक्षा ८ मा पढ्छन् । आफ्नो काम गराईमा सन्तुष्ट छन् उनी । तर घर परिवार र साथीभाईहरुलाई समय दिन नपाएकोमा कहिलेकाही नरमाईलो लाग्छ उनलाई । छोराछोरीले जागीर गरुन भन्ने चाहदैनन् उनी । अहिलेदेखि नै आफ्नो केही काम गरुन् भन्ने चाहन्छन् । आफु रिटायर्ड भएपछि त्यही छोराछोरीले सुरु गरेको व्यवसायमा रमाउन पाउ भन्ने उनको चाहना छ । सामाजिक कामहरुमा पनि अग्रसर हुने उनको रहर छ । 

1

बैंकिङ क्षेत्रले सुदुरपश्चिमको आर्थिक समृद्धिमा टेवा पुराईरहेको र आगामी दिनमा अझ पुर्याउन सक्ने सम्भावना देख्छन् उनी । कृषि क्षेत्रमा अथाह सम्भावना देखेका छन् उनले । आफ्नो तर्फबाट पहल गरेर कृषि उत्पादनका लागि लगानी गरेको भएपनि विचौलियाका कारण त्यस्ता प्रयासहरु सफल हुन नसकेको बताउँछन् उनी । वित्तिय साक्षरता र विपन्न वर्गहरुलाई बैंकहरुले दिईरहेको सेवाका वारेमा जानकारी दिन आवश्यक रहेको ठान्छन् उनी ।

2

आफु धनगढी आउँदा बैंकहरुको ४० अर्व लगानी यो क्षेत्रमा रहेकोमा अहिले त्यो लगानी ८० अर्ब पुगेको छ । अव सुदुरपश्चिमका नयाँ पिढीहरुलाई जागरुक बनाएर उद्यमसिलतातिर लगाउनुपर्छ भन्छन् उनी । त्यसका कुनै एक बैंकभन्दा पनि सबै बैंकहरुले लगानी गर्नुपर्ने देख्छन् । जुनसँग जे को विशेषज्ञता छ त्यसमा लगानी गरेमा लगानीले प्रतिफल पाउने उनको विश्वास छ । नन्दराज  जोशीलाई आगामी दिनमा अझ सफलताको शुभकामना । 

1