
गत शुक्रबार अछामको कैलाश खोलामा मृत अवस्थामा भेटिएकी महिलाको हत्या भएको आशंका गरिएको छ। मृत भेटिएकी मंगलसेन नगरपालिका –९ की २६ वर्षीय रेश्मा कुँवरको हत्या भएको भन्दै उनकै श्रीमान निरज रावल विरुद्ध प्रहरीमा किटानी जाहेरी परेको हो।

रावलका विरुद मृतकका माइती पक्षले जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी रमेशदत्त अवस्थील बताए। गत बिहिवार साझ खाना ढिला पकाएको विषयमा रेश्माको श्रीमान् निरजसँग सामान्य विवाद भएको थियो। राति ११ बजेसम्म घरमै रहेकी रेश्माको शव शुक्रबार बिहान कैलाश खोलाका भेटिएको थियो।
जाहेरीपछि घटनाको अनुसन्धान थप अगाडी बढाइएको प्रहरीले जनाएको छ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/12/10, 9:15
2021/05/05, 9:33
2021/11/27, 9:26
2022/07/03, 6:19