सुदूरपश्चिमका ५२७८ जनाले कोरोना जिते, कुन जिल्लाका कति घर घर फर्किए ? 
2020/09/08, 8:41
 
corona

सुदूरपश्चिम प्रदेशमा थप ३७ जना कोरोना संक्रमण मुक्त भएका छन । प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले सोमवार कञ्चनपुरका १३, डोटीका १२, कैलालीका १० र डडेल्धुराका दुई जनालाई डिस्चार्ज गरिएको जानकारी दिए । योसंगै प्रदेशमा पाँच हजार दुई सय ७८ संक्रमितले कोरोना जितेका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको कैलालीका एक हजार चार सय ४० जना निको भएर घर फर्किएका छन् ।  यस्तै डोटीका नौँ सय चार, अछामका पनि आँठ सय ४८, कञ्चनपुरका ६ सय ५९ जना संक्रमित निको भएर घर फर्किएको दावी स्वास्थ्य निर्देशनालयले गरेको छ ।

बाजुराका चार सय ४२ जना, बैतडीका तीन सय २५, बझाङका तीन सय १८, डडेल्धुराका तीन सय एक र दार्चुलाका ४१ जना संक्रमित पनि डिस्चार्ज भएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार दुई सय ५६ पुगेको छ । संक्रमण पुष्टि भएका १४ जना संक्रमितको मृत्यु भईसकेको छ ।