सुदूरपश्चिम प्रदेशमा बैंक हाकिरहेकी एक्ली महिला बैंकर
2020/09/08, 10:58
 
sangeeta chataut

सीताराम ओझा- जसले एउटा लक्ष्य लिएर ‘सपना’ देख्छ । त्यो व्यक्ती सफल पनि हुन्छ । सफलताका लागि लगाब, मिहिनेत, दृढता, योग्यता, क्षमता पनि आवश्यक पर्छ । अहिले युवा पुस्ताको ठूलो जमात के गर्ने र कसो गर्ने भनेर अन्योलमा भौंतारिरहेको छ । तर युवा पुस्तामा त्यस्ता व्यक्ति पनि छन्, जसले आफ्नो गन्तव्यको खाका कोरेर प्रेरणाको स्रोत पनि बनिरहेका छन् ।

2

त्यही युवालाई प्रतिनिधित्व गर्ने एक सफल महिला बैंकर हुन्– संगीता शर्मा चटौत । जो अहिले एनसीसी बैंकको सुदुरपश्चिम प्रबन्धकको पदीय जिम्मेवारीमा छिन् । विगत १६ वर्षदेखि अनवरत रुपमा खटिएकी चटौत बैंकिङ्ग क्षेत्रको एउटा उदाउँदो तारा हुन् । बैकिङ्ग सेक्टरमा सुदुरपश्चिमका महिलाहरुका लागि उनी उदाहरणीय छन् । महिलाहरुको प्रतिनिधित्व गर्दै बैंकिङ्ग क्षेत्रका हरेक विषयसँग निकट भएर कामको अनुभवले खारिएकी उनीसँग यो क्षेत्रका बारेमा अथाह ज्ञान छ भन्दा फरक पर्दैन् । 

1

नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) की प्रदेश प्रबन्धक संगीताले सोही बैंकबाट करिअर सुरु गरेकी हुन् । स्नातकोत्तर गरेकी उनले एनसीसी बैंकमा जुनियर एसिस्टेन्ट पदबाट जागिर थालेकी थिइन् । सहायक पदबाट बैकिङ्ग सेवा सुरु गरेकी उनी मुलुकको निजी क्षेत्रको वाणिज्य बैंकमा सुदुरपश्चिममा प्रदेश प्रबन्धक तहमा पुग्ने पहिलो महिला हुन् ।

1

प्रदेश प्रबन्धक सबै शाखाहरुलाई हेर्ने र नेतृत्व लिने पहिलो पोजिसनको काम हो । प्रोफेसनल महिला बैंकर संगीता, जो असिस्टेन्टदेखि बैंकको हरेक लेभल पार गरेर आज एनसिसि बैंकमा प्रदेश प्रबन्धक  भएर काम गर्छिन् । यसरी बैंकको हरेक लेभल पार गरेर अहिलेको अवस्थामा आइपुगेकी उनी आफूलाई बैंकका हरेक पदको अनुभव संगालेर काम गर्नेमा सायद आफु गर्ने बताउँछिन् । उनको पुरै बैंकिङ करियर एनसीसी बैंकमा वितेको छ । 

1

काठमाण्डौंमा जन्मिएकी हुर्किएकी र पढेकी उनी अहिले प्रदेशको प्रबन्ध मात्रै नभएर सुदुरपश्चिमकी बुहारी पनि हुन् । स्नाकोत्तर पढ्दै गर्दा उनले कञ्चनपुरका व्यवसायी गणेश चटौतसँग प्रेम विवाह गरेकी हुन् ।  उनका श्रीमान अहिले कञ्चनपुर उद्योग वाणिज्य संघका सचिव र होटेल ओपेराका प्रबन्ध निर्देशक हुन् । उनी सफल बैंकर मात्रै नभएर सफल बुहारी र असल आमाको रुपमा पनि सँगसँगै अघि बढिरहेकी छिन् । सानै उमेरमा आमासँग राष्ट्रिय वाणिज्य बैंक जाँदा आउँदा आफुले बैंकमा काम गर्ने पाए हुन्थ्यो भन्ने लागेको थियो उनलाई । बैंकमा काम गरेको उनलाई रमाईलो लाग्थ्यो । स्वयमसेविका आमासँग प्रायः बैंक आउने जाने क्रम बढी हुँदा उनलाई बैंकले मोहनी लाईसकेको थियो ।

3

भानुभक्त मेमोरियल स्कुलबाट एसएलसी उत्तिर्ण भएपछि पद्मकन्या क्याम्पसबाट ईन्टर पास भईन् । शंकरदेव क्याम्पसबाट बीबीएस र एमबीएस पनि राम्रो नम्बर ल्याएर कटाईन् । त्यो वेला जागीर र पढाई सँगसँगै चलिरहेकी थियो । हुन त उनले लोकसेवाको तयारी पनि थालेकी थिईन् । तर सफल हुन नसकेपछि त्यतातिर ध्यान लागेन् । एमबीएस पढ्दै गर्दा माया बस्यो । विवाह भएको पनि १४ बर्ष वितिसकेको छ उनको ।

1

श्रीमान व्यवसायी र श्रीमति बैंकर भएर जीन्दगी कटाईरहेका उनीहरुका दुई सन्तान छन्, एक छोरा र एक छोरी । पारिवारिक जिम्मेवारीसँगै बैंकिङ जिम्मेवारी निभाउन अहिलेसम्म चुकेकी छैनन् उनी । अधिकांश समयम काठमाण्डौंमा विताएकी उनी सुदुरपश्चिम फर्किएको ५ बर्ष भएको छ । यो अवधिका धेरै बर्ष एनसीसी बैंकको महेन्द्रनगर शाखामा विताईन् उनले । प्रदेश प्रबन्धक भएको एक बर्ष हुन लागेको छ । 

2

जागीरसँगै विवाह बन्धनमा बाँधिएकी उनलाई आफ्नो करिअर अगाडि बढाउन वैवाहिक जीवनले कुनै असर गरेन । आजको यो अवस्थामा आइपुग्ने मुख्य प्रेरणाको स्रोत उनी उनलाई जन्म दिने आमालाई ठान्छिन् । विवाह पश्चात पनिर घर परिवारका सदस्यहरु सासु ससुराको सहयोग मान्छिन् । श्रीमानले पनि सधै उर्जा दिए । सासु ससुराले राम्रोसँग काम गर्न भनिरहे । घरको कामभन्दा पनि आफ्नो जागीरकै काममा ध्यान दिन सुझाई रहे ।

1

व्यक्तिको सफलतामा परिवारको पनि योगदान आवश्यक रहेको चटौत बताउँछिन् । उनले यो पोजिसनमा पुग्न परिवारको साथ छ । ‘परिवारको सपोर्ट नभएको भए यो अवस्थामा आउने थिइनँ,’ उनले भनिन् । चटौत आफ्नो काम गर्न परिवारबाट स्वतन्त्र छिन् । त्यसैले अरुलाई पनि स्वतन्त्र छोड्नुपर्ने बताउँछिन् । महिलाको सफलताका लागि छोरीलाई पनि छोरालाई जस्तै स्वतन्त्र छाड्नु पर्ने बताउँछिन् । पारिवारिक बन्धनले काम गर्न अप्ठ्यारो पार्ने उनको बुझाइ छ । ‘छोराहरु जति स्वतन्त्र हुन्छन् छोरीलाई पनि त्यही स्वतन्त्रता दिए प्रगति गर्न सक्छन्,’ उनले भनिन् । ‘घरमा ढिला जाँदा कहाँ गयो, किन गयो भनेर छोरीहरुले धेरै प्रश्नको सामना गर्नुपर्छ,’ उनले भनिन्, ‘महिलालाई परिवारले यस्तो प्रश्न गर्नु हुँदैन ।’

1

राजधानीमै जन्मी हुर्किएकी उनको पालामा पनि कमै महिलाहरुले पढ्ने अवसर पाउँथे । यही कारण पनि अहिले हरेक क्षेत्रमा पुरुषको संख्या महिलाको भन्दा धेरै छ । पहिला अहिलेको जस्तो पढे लेखेका थिएनन् र प्रतिस्पर्धा पनि कम नै हुन्थ्यो । तर, त्यो बेला आफैसँग प्रतिस्पर्धा गर्नुपथ्र्यो भन्छिन् संगीता ।  उनी अगाडी थप्छिन्–‘मैले आफैंसँग प्रतिस्पर्धा गरेँ । यति लामो बैंकिङ्ग करिअरको यात्रामा म कहिले पनि विचलित भइँन् । एकपछि अर्काे खुड्किलो पार गर्दै अगाडि बढेँ ।’ उनमा करिअरका विषयमा एक किसिमको तृष्णा थियो । यही तृष्णाले लगनशिलताका साथ अगाडि बढिरहिन् । त्यही दृढताले उनलाई आज नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) को प्रदेश प्रबन्धकको जिम्मेवारी पाएकी छिन् । 

1

बैंकिङ क्षेत्रमा प्रवेश गरेको छोटो समयमै उच्च पदीय जिम्मेवारी सफलताका साथ पूरा गरिरहेकी छिन् । चटौतले ‘विना परिश्रम फल त्यसै फल्दैन, परिश्रम निरन्तर गरिरहनुपर्छ’ भन्ने मान्यतालाई आत्मसाथ गरिन् । त्यही आदर्शलाई मूल मन्त्र बनाएर अघि बढ्दा उनलाई सफलताको सिँढी चढ्न सघाउ पुगेको छ । सबैतिर ३३ प्रतिशत महिला सहभागिताको कुरा भैरहेका बेला बैंकिङ क्षेत्रको उच्च पदमा महिलाको किन खडेरी छ त ? त्यो ‘स्पेस’लाई पूरा गर्ने उनको दृढता छ ।

1

1

महिला भएकै कारण मात्र अवसर पाउनु पर्छ भन्नेमा उनले विश्वास गर्दिनन् । तर, आफ्नो जिम्मेवारीलाई सफलताका साथ पूरा गरे अवसरका ढोका खुल्नेमा आशावादी छन् । चटौत अहिलेको प्रतिस्पर्धी बजारमा उच्च पदमा पुग्न सामना गर्नुपर्ने चुनौतीका बारेमा भने सचेत छिन् । ‘चाहेर मात्र पद प्राप्त हुँदैन,’ उनले भनिन्, ‘पदीय जिम्मेवारी वहन गर्न सक्ने क्षमता पनि विकास गर्नुपर्छ ।’

1

उनी आफ्नो काममा दत्तचित्त भएर काम गर्छिन् । त्यही भएर उनलाई व्यवस्थापनले पनि जिम्मेवारी थप्दै लगेको छ । ‘सायद मेरो क्षमता बुझेरै व्यवस्थापनले जिम्मेवारी दिएको हुनुपर्छ,’ उनले भनिन्, ‘आफ्नो टिओआरको काम समयमै सक्छु ।’ काम गर्दा टिमवर्कमा विश्वास गर्छिन् । ‘काम बाँडफाँड गर्दा आफूलाई सहज हुन्छ अरुले सिक्ने मौका पाउँछन्,’ उनले भनिन् ।

2

सन् २००४ मा बैंकमा करिअर सुरु गरेकी उनले आत्मविश्वास र मिहिनेतले नै सफलता प्राप्त गरेको बताउँछिन् ।  स्वदेशमै अध्ययनसँगै करिअरमा पिकअप लिन सकिन्छ भन्ने आत्मविश्वासले यतै काम गरिन् । मुलुकमा बेरोजगारी समस्या छ । तर, बैंकिङ क्षेत्रमा अहिले पनि दक्षजनशक्तिको अभाव रहेको उनको अनुभव छ । ‘कर्मचारी नियुक्ति गर्दा अन्तर्वार्ताको क्रममा दक्षजनशक्तिको अभाव देखिन्छ,’ उनले भनिन्, ‘विषयवस्तुमा निपूर्णता पाइँदैन ।’ बैंकिङ क्षेत्रमा सीप र ज्ञान भएको जनशक्ति आवश्यक रहेको बताउँछिन् ।

5

‘किताबी ज्ञानको योग्यता मात्र नभएर बजारमा प्रतिस्पर्धी क्षमताको जनशक्ति आवश्यक छ,’ उनले भनिन्, ‘पाठ्यक्रम पढेर मात्र पुग्दैन ।’ मुलुकको राष्ट्रपतिदेखि प्रधानन्यायाधीशसम्म महिला पुगे पनि बैंकिङ क्षेत्रमा महिलाको संख्या कम छ । बैंक क्षेत्रका उच्च पदमा महिला पुगे पनि बैंकिङ क्षेत्रको उच्च पदमा महिला नपुग्नुमा समाजको माइन्ड सेट पनि कारक रहेको उनको बुझाइ छ । आफ्नो क्षमताले आउँदा पनि आफै आएको होइन भनेर हेर्ने प्रचलन रहेको उनले बताइन् ।

2

1

‘महिलालाई हेर्ने समाजको माइण्ड सेट पनि नकारात्मक छ,’ उनले भनिन्, ‘समाजको माइन्ड सेट परिवर्तन गर्नुपर्छ ।’ धेरै ठाउँमा महिलालाई क्षमता अनुसार अवसर नदिएको बताइन् । ‘धेरै महिला परिवार र समाजबाट बाँधिएका छन्,’ उनले भनिन्, ‘वर्किड स्टेसनमा पनि महिलाले त गर्न सक्ला र ? भन्ने टेन्ड्र पनि छ,  यसले मनोबल घटाउँछ ।’ तर उनले खुल्ला प्रतिस्पर्धामै विश्वास गर्छिन् । ‘आरक्षणमै भर पर्नु हुँदैन,’ उनले भनिन्, ‘प्रतिस्पर्धात्मक क्षमताको विकास गर्नुपर्छ ।’ बैंकको जुनियर पोजिसमा महिला सहभागिता धेरै राम्रो भए पनि सिनियर पोजिसनमा संख्या कम रहेको उनले बताइन् ।

1

निजि बैंक भएकाले उनलाई काम गर्न जनशक्तिको सधैं अभाव हुन्छ । हरेक चुनौती सामना गर्दै ग्राहकको सेवा र बैंकको व्यवस्थापन पाटोलाई सजिलो गरी अघि बढाएकी छन । महिला बैंकरका लागि पारिवारिक व्यवस्थापन अर्को चुनौती रहेको उनले सुनाइन् । क्षमता र आत्मविश्वास भए महिला पनि कुनै काममा पछि नपर्ने उनको अनुभव छ । ‘ब्याजदरमा उतारचढाव, तरलताको विषयमा ग्राहकलाई सम्झाउन निकै अप्ठ्यारो हुन्छ,’ उनले भनिन्, ‘ग्राहक कन्भिन्स भए जोखिम कम हुन्छ ।’ त्यसैले धेरै समय ऋण लिने र रकम जम्मा गर्ने ग्राहकलाई सम्झाइबुझाइ गर्नमै समय खर्च हुने उनले बताइन् ।

1

ग्राहकको धितो हेर्न फिल्डमा जाने क्रममा थुप्रै चुनौती भोग्नुपर्ने उनले बताइन् । ‘फिल्डमा जाँदा कहिलेकाहीं टाढा जानुपर्ने हुन्छ र रात पनि पर्छ,’ उनले भनिन्, ‘त्यस्तो बेला मनमा डर बढ्छ ।’ बैंकिङ क्षेत्रमा प्रवेश गरेकी चटौत अहिले यही क्षेत्रमा जमेर काम गरेकी छिन् । ‘बैंकिङ करिअरमा प्रवेश गरेपछि फरक पाएँ,’ उनले भनिन्, ‘यहाँ कोर बैंकिङ मात्र मल्टीपल सेक्टर रैछ ।

1

‘सायद बैंकिङ क्षेत्रसँग नजोडिने कोही पनि छैन,’ उनले भनिन्, ‘वित्तीय आवश्यकता नभएको कोही हुँदैन । त्यसैले सबै क्षेत्रका मानिस कतै न कतैबाट जोडिन आइपुग्छन् ।’ कामको बोझ धेरै भएकाले पर्सनल लाइफ भने कम भएको उनले बताइन् । ‘बैंकिङ क्षेत्रमा पनि नयाँ नयाँ इस्यु आइरहेको हुन्छ,’ उनले भनिन्, ‘सिक्दै गर्दै अघि बढ्न आनन्द आउँछ ।’ उनमा सिकाइको भोक छ । त्यो भोक पूरा गर्न तल्लीन छिन् । ‘नयाँ कुरा सिक्न मन लाग्छ,’ उनले भनिन्, ‘त्यो अवसर पाएको छु ।’

1

बैंकिङ पेसामा आबद्ध उनको अनुभवमा बैंकको व्यवस्थापन पद महिलाका लागि निकै चुनौतीपूर्ण छ । तर, साहस, लगनशीलता र इमानदारीले भने नेतृत्वका लागि सफलता प्रदान गर्ने उनको अनुभव छ । सुदुरपश्चिममा मुख्य नेतृत्व महिलाले सम्हालेको एनसीसी बैंकको सेवा प्रवाह र खराब ऋण असुली पनि उत्कृष्ट देखिँदै आएको छ ।

3

ग्राहकसँगको प्रत्यक्ष डिलिङ र केन्द्रीय कार्यालयले दिएको जिम्मेवारी पूरा गर्न पनि महिला सक्षम छन । ‘ग्राहकलाई कन्भिन्स गर्ने काम गाहे छ,’ उनले भनिन्, ‘ग्राहकले सुरुमा महेन्द्रनगर शाखाको नेतृत्व हुँदा महिलाले पनि गर्न सक्छन् भनेर कुरा काटेका थिए तर गरे भने फरक पर्दैन भनेर देखाई दिए ।’

2

1

पछिल्लो समय महिलाहरु देशका उच्च तहमा रहेर काम गरिरहेका छन् । माथिल्लो तहमा रहेर काम गर्ने मध्येमै पर्छिन् उनी पनि । सामाजिक कार्यमा योगदान पुर्याउँदै आएकी संगीता भविष्यमा नेपाली महिलाहरु पुरुष सरह काम गर्न सक्ने बताउँछिन् । अहिलेको पिंढीमा धैर्यता कम देख्ने उनी अध्ययनमा अगाडी भएकाले प्रतिस्पर्धाको युग सुरु भएको बताउँछिन् ।

1

यसले हरेक क्षेत्रमा दरिएका र खरिएका महिलाहरुको सूची भविष्यमा निकै लामो हुने दृढता व्यक्त गर्छिन् । उनी बैंकिङ्ग क्षेत्रमा करिअर बनाउने सपना बोकेका युवतीहरुलाई उनी मेहनत, निरन्तरता र बैंकिङ्ग क्षेत्रको अध्ययन राम्ररी गरेर आउनेले निकै ठूलो सफलता हासिल गर्न सक्ने सल्लाह दिन्छिन् । जीवनमा आइपर्ने चुनौतीहरुको सामना गर्दै र करिअरमा केन्द्रित भई अगाडि बढ्नेले कुनै पनि क्षेत्रमा सफलता हासिल गर्न सक्ने   संगीताको तर्क छ । 

1

1

नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) की नायब प्रमुख कार्यकारी अधिकृतमा पनि बन्दना पाठक महिला नै छन् । अर्थशास्त्रमा प्रथम श्रेणीमा स्नातकोत्तर गरेकी पाठकले एनसीसी बैंकमा नायब प्रबन्धकबाट जागिर थाल्दा संगीताले पनि सँगै बैंकमा जागीर सुरु गरेकी थिईन् । बन्दना पाठकको सफलताले पनि संगीतालाई काम गर्ने उर्जा र हौसला थपेको छ । बैंकको माथिल्लो तहमा रहेका सवै जनाको सहयोग सल्लाह र हौसलाले पनि काम गर्न उनी अझ हौसिएकी हुन् । 

1

 त्यही भएर पनि संगीतालाई अझ काम गर्न हौसला थपिदै गएको छ । आफ्नो प्रभाव देखाउँदै गईरहेकी छिन् । उनको सफलतामा उनी एक्ली मात्रै हिस्सेदार छैनन् । उनलाई यहाँसम्म पुराउन प्रदेशका शाखाहरुमा रहेका शाखा प्रबन्धक र कर्मचारीहरुको टीम वर्कले काम गर्न अझ सहज भएको छ । अन्य कर्मचारीहरुकै कारण पनि आफुलाई बैंकको नयाँ नयाँ खुटकिलो चढ्न सहज भएको उनी बताउँछिन् । 
आगामी दिनमा अझ प्रगतिको शुभकामना । 

1