
सिगास गाउँपालिकामा स्वाब संकलन गर्न हिडेका स्वास्थ्यकर्मीमाथि हातपात भएको छ। सिगास गाउँपालिका वडा नम्वर ३ बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रबाट वडा नम्वर ५ ढुंगाडमा स्वाब संकलनका लागि हिडेका स्वास्थ्यकर्मी भुपेन्द्र बोहरामाथि हातपात भएको हो।

भूमीराज आधारभूत विद्यालयमा वन सम्बन्धि बैठक चलिरहेको सामाजिक दुरी कायम गर्न र स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दा स्थानीय भानसिंह बोहराले हातपात गरेको स्वास्थ्यकर्मी बोहराले जानकारी दिए।
स्वास्थ्यकर्मीमाथि बाटोमै हापात भएपछि स्वाब संकलन कार्य समेत रोकिएको ढुंगाड स्वास्थ्यचौकीका इन्चार्ज हेमन्तसिंह साउँदले बताए। स्थानीयले आफूमाथि हातपात गरेपछि आज बिहान आफूले गाँजरी प्रहरीचौकीमा निवेदन दिएको स्वास्थ्यकर्मी भुपेन्द्र बोहराले बताए।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/09/19, 11:10
2024/02/02, 10:58
2021/05/28, 5:35
2022/01/09, 12:11