तीन सय बोरा सुर्तीजन्य पदार्थ रहेको ट्रक र जीप पक्राउ, दुई चालक नियन्त्रणमा 
2020/05/21, 2:31
 
surti

प्रहरीले तीन सय बोरो सुर्तीजन्य पदार्थ (गुट्का) रहेको ट्रक र जीप पक्राउ गरेको छ । धनगढीको चटकपुरमा रहेको अस्थायी प्रहरी पोष्टका प्रहरी सहायक निरिक्षक गजेन्द्रबहादुर चन्द नेतृत्वको टोलीले  गए राती तीन सय बोरा सुर्तीजन्य पदार्थ रहेको ट्रक र एउटा जीप पक्राउ गरेको हो ।

धनगढी उप–महानगरपालिकाको चटकपुर क्षेत्रबाट ट्रक र जीप नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । ना ४ क ३३०७ नम्वर ट्रकबाट भे १ च २०४० नम्बरको प्राईभेट जीपमा सुर्तीजन्य पदार्थ लोड गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

बस्नेतले ट्रक चालक त्रिभुवन नाथ र जीप चालक चन्द्र तमौलीलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको बताए । ट्रकबाट तीन सय बोरा मेघा श्री नामक सुर्तीजन्य पदार्थ बरामद गरिएको छ ।