स्वाब संकलन गर्न गएका स्वास्थ्यकर्मी कुटपिट गर्ने पक्राउ
2020/09/08, 5:29
 
Korona

स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने पक्राउ परेका छन्। कुटपिट गर्ने सिगास गाउँपालिका –३ का भानसिंह बोहरालाई मंगलबार दिउँसो घरबाटै नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए। 

बोहराले सोमबार बेलुका स्वाब संकलनका लागि गइरहेका बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रका अहेब भुपेन्द्र बोहरालाई कुटपिट गरेका थिए। कुटपिटको आरोप लागेका बोहरालाई गाँजरी प्रहरी चौकीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक अधिकारीले बताए। 

बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रबाट वडा नम्बर ५ ढुंगाडमा स्वाब संकलनका लागि हिडेका स्वास्थ्यकर्मी बोहराले भूमीराज आधारभूत विद्यालयमा वन सम्बन्धि बैठक चलिरहेको बेला सामाजिक दुरी कायम गर्न र स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन आग्रह गरेका थिए। सोही विषयमा मदिरा सेवन गरेका भानसिंह बोहराले आफुमाथि कुटपिट गरेको स्वास्थ्यकर्मीले बताए। 

कुटपिटबाट ती स्वास्थ्यकर्मीको घाँटी, खुट्टा र पाखुरा चोट लागेको छ।