
दार्चुलाको नौगाड गाउँपालिका ४ बाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। सिप्टी प्रहरी चौकीले नौगाड गाउँपालिकाका स्थानीय विक्रमसिह धामीलाई भरुवा बन्दुकसहित पक्राउ गरेको हो।

अपि नाम्पा संरक्षण क्षेत्रभित्रको वनबाट सिकार खेलेर फर्किने क्रममा प्रहरीले एकनाल भरुवा बन्दुकसहित धामीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। जंगलमा सिकार खेल्न गएर फर्किने बेला सिप्टी प्रहरी चौकीबाट खटिएको प्रहरी कमाण्डर रामबहादुर बोहरा टोलीले धामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए।
नौगाड गाउँपालिका अपि नाम्पा संरक्षण क्षेत्रभित्र पर्छ। पक्राउ परेका धामीलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइदै छ। उनी विरुद्ध प्रहरीले हातहतियार खरखजनाको मुद्धा चलाउने जनाएको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/09/19, 11:10
2024/02/02, 10:58
2021/05/28, 5:35
2022/01/09, 12:11