
कैलालीमा पुर्वपश्चिम राजमार्ग मर्मतको काम सुरु भएको छ। कोरोना प्रभावका कारण गत चैत देखि ठप्प रहेको राजमार्ग मर्मतको काम फेरी सुरु गरिएको हो।

सुरुवातमा एक सय २० दिन लामो लकडाउनले गर्दा मर्मतको काम संञ्चालन गर्न सकिएको थिएन्। त्यसपछि वर्षातका कारण काम गर्न नसकिएको सडक डिभिजन कार्यालयले महेन्द्रनगरले जनाएको छ।
तर अहिले कैलाली खण्डको बनवेहडाबाट राजमार्गमा परेका खाल्डाखुल्डी मर्मत गर्ने काम सुरु गरिएको सडक डिभिजन कार्यालयले महेन्द्रनगरका प्रमुख अर्जुन कुमार बमले बताए। ‘चिसापानीबाट पनि साना खाल्डाखुल्डी मर्मत गर्न मेसिन संञ्चालन गरेका छौं,’ उनले भने, ‘अबको केही दिनमा अर्को स्थानबाट पनि मर्मतको काम सुरु गरिनेछ।’

साढे पाँच महिना सम्म मर्मतको काम ठप्प हुँदा राजमार्गमा परेका खाल्डा खुल्डीका कारण आवाजतजावत गर्न मुस्किल हुने गरेको थियो।
2025/05/08, 7:58
2025/05/08, 7:57
2025/05/08, 7:50
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/11/24, 7:05
2021/07/22, 11:30
2022/04/14, 1:51
2023/05/10, 10:00