समस्या र चुनौतीमा अवसर खोज्ने बैंकर
2020/09/10, 2:22
 
sushil singh

सीताराम ओझा- प्रमोशनमा सधैं एक नम्बर हुन्छन् । आवश्यकता महसुस गरेकै वेला प्रमोशन हुन्छ । काम पनि डटेर गर्छन् । त्यही भएर कहिल्यै पनि बैंक छोड्ने सोचाईमा पुग्न दिएन नेपाल बंगलादेश बैंकका बैंकर सुसिल सिंहलाई । त्यही भएर १६ बर्षअघि सहायकमा बैंक छिरेका सुसिल सुदुरपश्चिम प्रबन्धकको पदसम्म नेपाल बंगलादेश बैंकमै छन् ।

1

बैंकिङ करियरमा चुनौतीमा अवसर खोज्ने बानीले उनलाई स्थापित बैंकरको कडिमा उभ्याएको छ भने बैंक व्यवस्थापनले पनि धेरै विश्वास गरेको छ । नेपाल बंगलादेश बैंकको धनगढी शाखासँगै प्रदेश प्रबन्धक भएर काम थालेको दुई बर्ष भयो उनको । धनगढी शाखामा काम थालेको चाही साढे तीन बर्ष पुगिसकेको छ । बझाङमा वाल्यकाल विताएर हाल कञ्चनपुरमा वस्दै आएका उनी बैकरको हिसाबले भन्दा पनि समाजको हिसाबले सोच्छन् । पब्लिकको हिसाबले बैंक निति आउनुपर्छ भन्ने सोच राख्छन उनी ।

1

के दिनेभन्दा पनि के आवश्यकता हो भन्ने वुझेर बैंकले लगानी गर्ने गरेकै कारण बैंक व्यवस्थापनले उनलाई विश्वास गरेको छ । पत्याएको छ । र जिम्मेवारी पनि दिएको छ । उनी धनगढी शाखा आउँदा बैंकको लगानी सुदुरपश्चिममा ७२ करोड थियो । हालको अवस्थामा बैंकको लगानी त्योभन्दा दोब्बर बढी एक अर्ब ६५ करोड पुगेको छ । सम्भावनालाई सम्भव बनाउने धारणाका साथ अगाडी वढिरहेका उनी टीमवर्क र कर्मचारीमैत्री बैंकले अझ सहज गरेको अनुभव सुनाउँछन् ।

2

1

 

कर्मचारीलाई बैंकको पहिलो सम्पतिको रुपमा मान्छन उनी । कर्मचारीलाई खुबी बनाउन सकेमा सेवाग्राहीलाई उनीहरुले अझ खुशी दिन सक्ने उनी बताउँछन् । उनको धेरै ठुलो आशा केही पनि छैन् । समाजलाई केही गर्नुपर्छ । केही दिनुपर्छ भन्ने लाग्छ उनलाई । त्यही भएर सकिने सेवा दिन्छन् । त्यसमै सन्तुष्ट उनी । सामाजमा रहेका तल्लो र विपन्न वर्गहरुलाई उकास्ने गरी लगानी केन्द्रित गर्नुपर्ने सुझाव दिन्छन् उनी ।

4

कृषि क्षेत्रमा आर्थिक समृद्धि सम्भव भएकै कारण यो क्षेत्रमा बैंकहरुको लगानी बढाउनुपर्ने विचार राख्ने उनी आफु पनि यसतर्फ अग्रसर भईसकेका छन् । सुदुरपश्चिममा अनुदान कर्जा दिने पहिलो बैंक नपाल बंगलादेश बैंक भएको उनको दावी छ ।

2

विपन्न र तल्लो तहका वर्गहरुमा लगानी गर्दा त्यसले भोलीका दिनमा उनीहरुको जीवनस्तर उकासिनुका साथै आर्थिक गतिविधि पनि बृद्धि हुने सपना देखेका छन उनले । विपन्न वर्गमा गरिएको लगानी पनि सुरक्षित हुने उनको अनुभव छ । विपन्न वर्गहरुले ईमान्दारी पुर्वक कर्जाको सावा र ब्याज तिर्ने गरेको उनी बताउँछन् । ठुलो कर्जामा जोखिक धेरै हुने, सावा ब्याजमा समस्या हुने गरे पनि विपन्न कर्जामा यस्ता कुनै पनि जोखिम नरहेको अनुभव पाएका छन उनले । 

2

सधैं प्रमोशनमा एक नम्बरमै परिरहेका छन् । धेरै बैंकहरुबाट अफर पनि आयो । तर उनी विचलित भएनन् सेवा थालेको बैंकमै टिकिरहेका छन् आजसम्म । बैंकिङ करियरको सुरुवातमा विपन्न वर्ग, चुनौतीकै बीच सम्भावना खोजेर उनले लगानी गरेका कारण उनले बैंकमा आफ्नो छुट्टै छवि बनाएका छन् ।

2

सन् २००३ मा बैंकमा जागीरको विज्ञापन देखे । आवेदन दिए । एमबीएस उत्तिर्ण भएपछि उनले दिएको आवेदनको नतिजा आउन ढिलो भयो । त्यो बेला बैंकको जागीरलाई आकर्षक मानिन्थ्यो । लामो समयदेखि नतिजा नआएपछि स्कुल चलाउने तयारीमा लागेका थिए उनी । त्यही वेला बैंकको नतिजा आयो । उनी त्यसमा सफल भए ।

4

उनले एमबीएस र बीबीएस पढ्दा नेपाल बंगलादेश बैंकको वारेमा नै रिर्पोट बनाएका थिए । त्यसले पनि सहयोग गर्यो उनलाई । बझाङको बुंगल नगरपालिकामा जन्मिएका उनले सदरमुकाम चैनपुरको सत्यवादी माविबाट एसएलसी पास गरे । सत्यवादी माविमा उनका बुबा शिक्षक थिए । त्यहाँ र क्याम्पसमा पढाउने काम गर्थे । त्यही भएर सदरमुकाममै बसेर पढ्ने अवसर जुर्यो उनलाई । वि.स. २०५१ सालमा एसएलसी उत्तिर्ण भएपछि उच्च शिक्षाका लागि काठमाण्डौं लागे । आई कम र बीबीएस शंकरदेव क्याम्पसबाट उत्तिर्ण गरे भने त्रिभुवन विश्वविद्यालयबाट एमबीएस उत्तिर्ण गरेपछि जागीरको खोजीमा लाग्दा उनले नेपाल बंगलादेश बैंकमा अवसर पाएका हुन् ।

2

4

सहायक पदमा तीन बर्ष काम गरे नेपालगंज शाखामा । त्यसपछि धनगढी शाखामा पनि तीन बर्ष काम गरे सहायक भएर नै । जुनियर एसिस्टेन्डको रुपमा तेस्रो पोष्टिङ भयो रसुवाको धुन्ची शाखामा । नेपाल र चीनको सीमा क्षेत्रको शाखा । आर्थिक कृयाकलपा केही थिएन् सो ठाउँमा । तामाङ समुदायको वस्ती र उजाड गाउँ । सीमा भएकोले शाखा खोलेपनि अन्य आर्थिक कृयाकलाप केही पनि हुदैंन भन्ने थियो बैंक व्यवस्थापनलाई । जागीर खान धुन्ची पुगेपछि सुसिल पनि छक्क परे । कुनै आर्थिक कृयाकलाप नै छैन कसरी प्रर्फमेन्स देखाउने होला भन्ने सोचिरहे । उनले त्यहाँ कृषि गरिरहेको देखे । उत्पादन पनि राम्रै हुने रहेछ भन्ने थाहा पाए । यसमा सम्भावना खोजेर लगानी गर्दा राम्रो हुन्छ कि भनेर योजना बनाए । योजना त बन्यो समस्या कार्यान्वयनको थियो । बच खातामा एक हजार र चल्ती खातामा दश हजार न्युनतम रकम हुनुपर्ने बैंकको नियम थियो ।

1

1

सुसिलले त्यहाँको वस्तुस्थिति वुझेपछि वचतमा एक सय र चल्तीमा एक हजार न्युनतम रकम हुनुपर्ने र सडक पुगेको जग्गा जमीनलाई धितोको रुपमा लिन सकिने भनेर बैंकको केन्द्रिय कार्यालयलाई पठाए । यो पास भयो । लघु वित्त कर्जा दिने योजनामा उनी सफल भए । गाउँको मुहार परिवर्तन भयो । विपन्न वर्गहरुको आर्थिकस्तर वढ्यो । बैंकको सुसिललाई हेर्ने नजर पनि फेरियो । डेढ बर्षको त्यहाँ वसाईपछि भैरहवामा नयाँ शाखा खुल्यो शाखा प्रबन्धकमा वढुवा भएर त्यहाँ ६ महिना काम गरे । सुर्खेतमा नयाँ शाखा खुल्यो, त्यहाँ पठाईयो उनलाई । साढे दुई बर्ष काम गरे त्यहाँ पनि । बैंकलाई विश्वास थियो की सुसिल जहाँ जान्छन् राम्रै गर्छन् । गरेर पनि देखाए उनले ।

1

पछिल्ला साढे तीन बर्षदेखि उनी धनगढीमै छन् शाखा प्रबन्धक र प्रदेश प्रबन्धक भएर । यहाँ पनि उनले बैंकलाई सफलताको नयाँ उचाईमा पुराईरहेकै छन् । आफ्नै काममा रमाएका छन् उनी । हेर्दा अर्काकै क्षेत्र राम्रो लागेपनि सवै क्षेत्र उस्तै उस्तै हुन जस्तो लाग्छ उनलाई । मेहनत परिश्रम र संघर्ष नगरिकन कुनै क्षेत्रमा पनि सफल नभईने तर्क गर्छन् उनी । 

2

4

कञ्चनपुरको भासीमा वसाई छ अचेल उनको परिवारको । ९५ हजुर आमादेखि एकमा पढ्ने पनाति सम्मको सँगै वसाई छ । अर्थात एकै घरमा चार पुस्ता छन् । उनका ७३ बर्षीय बुबा, ७० बर्षीय आमा, आफु, श्रीमति, एक छोरा र एक छोरीको परिवारको । विहे गरेको पनि १५ बर्ष भयो सुसिलको । एक छोरी ८ मा पढ्छिन् । एक छोरा एकमा । बुबा ऐनवहादुर सिंह रिटायर्ड शिक्षक । कवि पनि । उनका बुबाको कविता संग्रह पनि प्रकाशित छ । नाम जस्तै वानी व्यवहार र काममा पनि सुसिल रहेका सुसिल सिंहलाई आगामी दिनमा सफलताको शुभकामना । 

1