सुदूरपश्चिममा अथाह सम्भावना देख्ने बैंकर
2020/09/11, 10:47
 
ishwor joshi

सीताराम ओझा- भारतमै वाल्यकाल विताएर उतै उच्च शिक्षा हासिल गरेका ईश्वर जोशीको बैंकिङ करियर भने नेपालमै वितिरहेकको छ । अछाममा जन्मिएर भारतको मुम्बईमा डिग्रीसम्म पढेर वाध्यता र परिस्थितिले जन्मभुमीमा बैंकतिर काम थालेको २१ बर्ष वितेको छ उनको । लुम्बिनी वैंकमा जागीर थालेका उनी सो बैंक बैंक अफ काठमाण्डौंमा मर्ज भएपछि सोही बैंकमा छन् । बैंक परिवर्तन गरेका छैनन् । मुम्बईमा एक उतै जागीर गरेका उनी वैवाहिक जीवनमा वाँधिएपछि नेपालमै वसेका हुन् । 

2

चितवनमा मुख्य कार्यालय रहेको लुम्बीनी बैंकमा सुपर भाईजर पदबाट जागीरको सुरुवात गरेका थिए । त्यसपछि उनले त्यहाँ वस्दा काम नगरेको कुनै विभाग पनि बाँकी छैन् । चितवनमा काम गरेर काठमाण्डौ सरुवा हुने वेला आन्तरिक लेखा परिक्षण विभागमा काम गरिरहेका थिए ।

2

काठमाण्डौंको दरबार मार्गमा शाखा प्रबन्धक भएर ७ बर्ष काम गरे । त्यहाँबाट बैंकको शाखा नक्साल सर्यो । त्यहाँ दुई बर्ष विताए । त्यसपछि उनको सरुवा भयो विराटनगर । ६ बर्षको विराटनगर वसाईमा उनले धेरै कुरा सिक्ने मौका पाए । विराटनगरको वसाईमा उनलाई चनाखो बनायो । औधोगिक क्षेत्रमा कसरी लगानी गर्न सकिन्छ भन्ने ज्ञान भयो । त्यसपछि बैंक अफ काठमाण्डौं र लुम्बिनी वैंक मर्ज भएपछि उनलाइ नेपालगंज पठाईयो ।

1

झण्डै साढे एक बर्ष क्षेत्रीय प्रबन्धक भएर जिम्मेवारी निभाए उनले त्यहाँ । पछिल्ला तीन बर्षदेखि उनी धनगढीमा छन्  प्रदेश प्रबन्धक पदमा । यो अवधिमा उनले कहिले पनि बैंक परिवर्तनको सोच बनाएनन् । हुन त उनलाई अफर नआएको होईन तर उनी फरक सोच राख्छन् । आफ्नो करियर प्लान अनुसार नै छ भने बैंक परिवर्तन किन गर्ने । कि त काम गरिरहेको ठाउँमा क्षमता देखाउन नपाएपछि अन्त देखाउँछु भनेर जाने हो । दुबै कुरा भईरहेकै कारणले उनलाई अन्य बैंकतिर जाने लोभ कहिल्यै पनि आएन् । 

3

1

सुदुरपश्चिममा प्रचुर सम्भावना देखेका छन् उनले । बैंकहरुका लागि पनि लगानी गर्ने भर्जिन सेक्टरहरु छन भन्छन् यो प्रदेशमा । समुन्द्र नभएर विकास र आर्थिक समृद्धिमा असर नपर्ने धारणा राख्ने उनी यसक्षेत्रमा कृषि पर्यटन र उद्योग क्षेत्रहरुमा वैंकहरुको लगानी लगाउन सकेमा प्रदेशले आर्थिक रुपमा समृद्धि हासिल गर्ने उनी बताउँछन् । सफल बैंकर बन्नका लागि उनी करियर अवधिमा विराटनगर, भैरहवा, वीरगंज र पोखरा बस्नुपर्ने सुझाव दिन्छन् बैंकरहरुलाई पनि । त्यहाँ काम गरेर आएमा सफल बैंकर बन्न सकिने उनको तर्क छ ।

2

1

यसक्षेत्रमा लगानीका क्षेत्र र आधार तय गर्नका लागि समन्वयको अभाव देखेका छन् उनले । विराटनगरको वसाईमा उद्योग वाणिज्य संघ बैंकर र स्थानीय निकायहरुसँग छलफल हुन्थ्यो । लगानीका क्षेत्रहरुको खोजी हुन्थ्यो । कुन सेक्टरमा के गर्न सकिन्छ भन्ने विषयमा छलफल गरी निष्कर्ष निकालिन्थ्यो । यहाँ त्यस्तो देखेनन् उनले । यसतर्फ उद्योगी र व्यवसायीहरुको ध्यान जानुपर्ने विचार राख्छन् उनी ।

2

1

बैंकहरुको अधिकांश लगानी व्यापार व्यवसाय क्षेत्रमा छ । तर उनी उद्योगमा लगानीको आवश्यकता महसुस गर्छन् । एउटा उद्योग खुलेमा त्यसले रोजगारीका अवसरहरुको सिर्जना गर्ने र त्यसबाट विपन्न वर्गहरुको आर्थिकस्तर वढ्ने उनको भनाई छ । भएकै उद्योगहरु चल्न नसकेर बन्द हुने अवस्थामा पुगेका छन् । कतिपय बन्द भईसकेका छन् । तिनीहरु किन चलेनन् भनेर खोजीनिति हुनुपर्ने उनी बताउँछन् ।

1

2

साथै बैंकर व्यवसायी प्रदेश सरकार र स्थानीय सरकार मिलेर गएमा र समन्वय भएमा धेरै गर्न सकिने सपना देखेका छन उनले । भारतमा धेरै समय विताएका उनी उद्योग धन्धा स्थापनाका लागि त्यहाँको सरकारले सहयोग गर्ने, सहुलियत दिने काम गर्दै आएको भएप्नि नेपालको अवस्था उल्टो देख्छन् उनी । भारत अहिले त्यो दिशामा अगाडी वढ्दा सवैको सिको गर्ने नेपाललले यसको पनि बिश्लेषण गर्न जरुरी ठान्छन् उनी । धनगढी र महेन्द्रनगर विकासन्मुख शहर भएकोले यहाँ धेरै गर्न सकिने तर्क छ उनको । उनी त्यसका लागि आफु पनि लागिरहेका छन् र अरुलाई पनि भनिरहेका छन् । 

2

2

उनको मातहतमा हाल ६ वटा शाखा छन् । अरु शाखा पनि खुल्ने तयारीमा थिए । लकडाउनले प्रभावित भए । उनी धनगढी आएपछि बैंकमा कर्मचारीका लागि अलग्गै नियम छ । व्यवस्थापन विषय पढाई हुने क्याम्पस जान्छन् । जानकारी दिन्छन् र उत्कृष्ट विद्यार्थीहरुलाई जागीरको अवसर दिन्छन् । धनगढी शाखामा अहिले यस्तै गरी आएका कर्मचारीहरुको वाहुल्यता छ ।

2

2

बैंकिङ क्षेत्रमा लागेदेखि समयको कुनै ठेगान छैन् । अधिकांश समय बैंकमै वित्छ । काठमाण्डौंमा वसाई छ उनको परिवारको । एक छोरा पढाईअष्ट्रेलियामा छन् । अर्को छोरा सुचना प्रविधिमा स्नातक गर्न बैंगलोर छन् ।

1

2

लामो समयसम्म बैंकमै विताएका उनले रिटायर्डपछि भने कृषि क्षेत्रमा लाग्ने योजना बनाएका छन् । स्वतन्त्र परामर्शदाताको रुपमा काम गर्दै रिटायर्ड लाईफ विताउने उनको सोच छ । तर अझैं वाँकी छ उनको बैंकिङ करियर । आगामी दिनको लागि ईश्वर जोशीलाई प्रगतिको शुभकामना छ । 

2