
दार्चुलामा भीरबाट लडेर एक किशोरको मृत्यु भएको छ। जिल्लाको नौगाड गाउँपालिका–३ डाडाँजामीरकी १५ वर्षीय माधवसिह ठगुन्नाको भीरबाट लडेर मृत्यु भएको हो।

घाँस काट्न गएका बेला उनी भिरबाट लडेर उनी करिब ३ सय मिटर तल खसेकी थिइन।
घटनापछि घाइते भएकी उनको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
